नेपालकै सबैभन्दा ठूलो बगैँचा (फोटोफिचर)
सर्लाही – धेरैलाई सायदै थाहा होला सर्लाही जिल्लाको नेत्रगञ्ज गाविस वार्ड नम्बर ७, नवलपुरमा एउटा ठूलो फलफूल बगैँचा छ । १ सय ८४ दशमलव ५ हेक्टर अर्थात् झण्डै ३ सय बिगाह क्षेत्रफलमा फैलिएको बगैँचा नेपालमा हालसम्म भएका सरकारी बगैँचा मध्ये सबैभन्दा ठूलो हो । बगैँचा उष्ण प्रदेशीय वागवानी केन्द्र, नवलपुरका नामले परीचित छ ।
विदेशमा कृषि विज्ञान पढेर आएका तत्कालिन राजपरीवारका मामा विरेन्द्र विक्रम शाहले २०२९ साल असार १२ गते सर्लाही जिल्लाको नेत्रगञ्ज गाविस वार्ड ७, नवलपुरमा एउटा फलफूल बँगैचा स्थापना गरेका थिए ।
शुरुमा आँप र लिचिको विरुवा रोपेर शुरु गरेको बगैँचामा अहिले तराई क्षेत्रमा उत्पादन हुन सक्ने उष्ण प्रदेशीय ५० भन्दा बढी जातिका डेढ लाख फलफूल फलिरहेका छन् । विभीन्न फलफूल र फूलका गरी एकलाख जति विरुवा छन् ।
शुरुमा राजपरिवारका सदस्यले घुमघाम र रमाईलोका लागि स्थापना गरेको बँगैचा अहिले नेपालकै ठूलो बागवानी केन्द्रको रुपमा स्थापित छ । बगैचामा अहिले आँप, लिचि, केरा, अम्बा, कटहर, एवोकाडो, अनार, मेवा, कागती, नरिवल, अमला लगायतका पचासौँ जातका फलफूलका विरुवा छन् ।
बगैचाबाट फल, बिरुवा, फूल, तरकारीको बिउ लगायतका उत्पादन बिक्री गरेर १ करोड भन्दा बढी आम्दानी सरकारलाई हुन्छ ।
बगैचाभित्र विभिन्न जातका चराचुरुङ्गी, निलगाई, भालु, मृग, खरायो, बाँदर लगायतका जंगली जनावर देख्न सकिन्छ । पञ्चायतकालसम्म पर्याप्त बजेट र कार्यक्रम आउने यो बगैचा देशमा प्रजातन्त्र आएपछि भने विस्तारै ओझेल पर्दैछ ।
२०२९ सालमै जापान सरकारको सहयोगमा स्थापना भएका संरचनाबाट अहिलेसम्म सञ्चालन भैरहेको बगैचा अहिले भने जीर्ण बन्दै छन् ।
नीजि क्षेत्रले कृषि पर्यटनका लागी करोडौ लगानी गरिरहेको अवस्थामा यो सरकारी बगैँचलाई सरकारले व्यवस्थापन गर्ने हो भने कृषि पर्यटनको राम्रो संभावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
-
अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण