अज्ञानताले स्तन क्यान्सर : विनयकुमार
राजविराज– भारतीय दुतावासका उप प्रमुख (डीसिएम) विनयकुमारले जनचेतनाको अभावले समाजका महिलाहरुमा पाठेघर तथा स्तर क्यान्सर सम्वन्धी समस्या विद्यमान रहेको वताउँदै जनचेतना जगाउनु पर्ने अहिलेको प्रमुख आवश्यक रहेको बताएका छन् ।
सप्तरीको राजविराजमा ‘आत्म साक्षी राखि मन, वचन र कर्मले सेवा गरौं’ मुल नाराका साथ आयोजना गरिएको ‘महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर’ को उद्घाटन सत्रमा प्रमुख अतिथीको आसन्नबाट बोल्दै यस्तो बताएका हुन् । विशेष गरेर तराई क्षेत्रका महिलाहरुमा अज्ञानता, जनचेतनाको अभाव लगायतका कारणले क्यान्सर सम्वन्धी समस्याहरु विद्यमान देखिएको हो । उनले भने–‘क्यान्सर जस्तो खरनाक रोगबाट बच्नका लागि समाजमा जनचेतना जगाउन अति आवश्यक रहेको छ ।’
जनचेतनाको साथ साथै पाठेघर तथा स्तन सम्वन्धी रोगबाट पिडित भएका महिलाहरुको लागि यस्ता निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना नियमित रुपमा हुनुपर्नेमा जोड दिदै यस्तो प्रसंसायोग्य कार्यले समाजबाट क्यान्स रोगको उन्मुलन हुने बताए । नेपाल–भारत मैत्री संघ केन्द्रिय कार्यालय तथा नेपाल अवुद्र्ध रोग निवारण संघ केन्द्रिय कार्यालयको आयोजनामा सञ्चालित शिविरको उप–प्रमुख विजयकुमारले चिकित्सहरुको टिमलाई मेडिकल औजारहरु हस्तातरण गरि उद्घाटन गरेका छन् । नेपाल भारत मैत्री संघको केन्द्रिय अध्यक्ष ओमप्रकास सरावगीको अध्यक्षता तथा नेपाल भारत मैत्री संघ जिल्ला शाखा सप्तरीको आतिथ्यता र क्यान्सर अस्तापल भक्तपुरको प्राविधिक सहयोगमा शिविरको उद्घाटन भएको छ । शिविरको उद्देश्य बारे नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य तथा छिन्नमस्ता एजुकेशन एकेडमीका अध्यक्ष शैलेन्द्रमोहन झाले स्पष्ट पारेका थिए भने नेपाल अर्वुद्ध रोग निवारण संस्थाका केन्द्रिय सदस्य एवम भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकासराज न्यौपनेले क्यान्सर के हो र के–के कारणले लाग्छ विषयमा प्रकास गरेका थिए । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, नेपाल भारत मैत्री संघका पूर्वाञ् चल उपाध्यक्ष अरुणकुमार सिंह, पश्चिमाञ्चल केन्द्रिय उपाध्यक्ष वासुदेव रिमाल, सुदुर पश्चिमाञ्चलका केन्द्रिय उपाध्यक्ष तुलबहादुर साउद, केन्द्रिय सहसचिव श्रीप्रसाद कोइराला, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्यहरु बोधकृष्ण सुवेदी, ज्योति कोइराला, इन्द्रनन्द शाह, रामअशिष महतो, सिरहा जिल्ला सभापति संतोषकुमार अग्रवाल लगायतका सहभागीता थियो । कार्यक्रममा शुभकामना मन्तव्य भुमिसुधार मन्त्रालयका सहसचिव नागेन्द्र झाले गरेका थिए । सोहि कार्यक्रममा करुणा झाद्वारा लिखित हिन्दी पुस्तक ‘जीवन पथ पर चलते चलते...’ को लोर्कापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
-
अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण