बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अनुशासित विद्यार्थी पुरस्कृत

बुधबार, २९ वैशाख २०७३, १४ : ०७
बुधबार, २९ वैशाख २०७३

बिराटनगर – विराटनगरस्थित सत्यनारायण उच्च माध्यमिक बिद्यालयले अनुशासन पालनामा उत्कृष्ट हुने र नियमित हाजिर हुनेसहित एक सय बीस जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयको ६४ औ बार्षिकोत्सवको अवसरमा बुधबार प्राङगणमा आयोजित औपचारिक कार्यक्रममा अनुशासनमा पालनमा उत्कृष्ट र नियमित बिद्यालयमा हाजिर हुने सहित पढाई र अतिरिक्त्त क्रियाकलापमा उत्कृष्ट हुने एक सय बीस जना बिद्यार्थीलाई पुरस्कृत गरेको हो । बिद्यालयले अनुशासन पालनामा उत्कृष्ट हुने नेपाली माध्यमतर्फबाट करुण सुब्बा र अग्रेजी माध्यमतर्फबाट सामना घिमिरे पुरस्कृत भए । यसैगरि सबै माध्यमका सबै कक्षाबाट नियमित बिद्यालय आउने बिद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । बिद्यालयको बार्षिकोत्सव कार्यक्रममा अतिरिक्त्त क्रियाकलाप र पढाईमा प्रथम , द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । उमाविले कक्षा एघार र बाह्रमा उत्कृष्ट हुने बिद्यार्थी सहित सँस्थापक प्रअ प्रकाशसिँह राठौरको नाममा स्थापित बृत्ति पनि प्रदान गरेको थियो । बिद्यार्थीहरुलाई सत्यनाराण उमाबि व्यवस्थापन समिति अध्यक्ष कुलचन्द्र वस्ती , शिक्षक अभिभावक संघका अध्यक्ष गणेश लम्साल , प्रार्चाय धर्मानन्द खरेल लगायतले पुरस्कार बितरण गरे । सोही कार्यक्रममा २५ बर्ष अध्यापन गरेर भर्खरै अवकाश पाएकी शिक्षिक उषाकुमारी भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गर्दै बिदाई गरिएको थियो । गत २००९ सालमा स्थापना भएको सामुदायिक बिद्यालय सत्यनाराण उमाबिले गत बर्षदेखी नेपाली र अँग्रेजी दुबै माध्यममा पठनपाठन गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप