बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जनता बैंक शाखा रहित बैंकिङ सेवा

बुधबार, २९ वैशाख २०७३, १५ : ४१
बुधबार, २९ वैशाख २०७३

काठमाडौं–जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुलाको ग्वानी गा.वि.सको बगौरा बजार, उकुगा.वि.स. को जोलजिविबजार, खार गा.वि.स को दल्लेक बजार, रिठाचौपाता गा.वि.स को रिठ्ठा चौपाता गरी चार स्थानबाट शाखा रहित बैकिङ्ग सेवा सञ्चालन्मा ल्याएको छ ।

सेवाको सुभारम्भमा प्रमुख जिल्ला अधिकारी मोहन राजजोशी, राष्ट्र बैंकका निर्देशक विस्रुत थापा, सक्षम एक्सेस टु फाईनान्स का टिम लिडर बलजीत बोहरा तथा जनता बैंक नेपाल लिमिटेडका चिफमार्केटिङ्ग अफिसर कल्याण विक्रम पाडँेका साथै स्थानीयबासिन्दाको उपस्थिति थियो । शाखा रहित बैकिङ्ग सेवाको शुरुवातले ग्रामिण छेत्रमा रहेका स्थानियबासिन्दाले बित्तिय सेवाको लागि लामो दुरी हिड्न पर्ने बाध्यताको अन्त्यहुने विश्वास बैंकले लिएको छ। यसका साथै स्थानीय बासिन्दाले सरल तथा सुविधाजनक आधुनिक बैकिङ्ग सेवाको उपभोग गर्न पाउने अपेक्षा गरिएको छ । जनता बैंकले आगामी ३ वर्ष भित्रमा देशका विभिन्न भागमा ५० वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनगर्ने लक्ष्य लिएको छ । उपरोक्तशाखा रहितबैंकिङ्ग सेवाजनता बैंक नेपाल लिमिटेडले यू.के.एड. सक्षम एक्सेस टु फाईनान्स संगको सहकार्यमा गरिएको छ । यसबैकलेहालसम्म३६ वटा शाखा र २९ वटा एटिएम मार्फत बैकिग सेवादिनुकासाथैरु. २२ अर्व ९९करोड निक्षेप संकलन र रु. १९ अर्व ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप