समुद्री सतह बढेपछि गायब भए यी ५ टापू
सिड्नी – अस्ट्रेलियन अनुसन्धानकर्ताहरुका अनुसार समून्द्री सतह बढ्न थालेपछि ५ टापूहरु गायब भएका छन् । सोलोमन आर्किपिलागोको भूभागमा रहेका ५ वटा टापूहरु समुद्रमा मिसिएका हुन् । यहाँ मानिसहरुको बसोबास भने थिएन ।
अन्य ६ वटा टापूहरुमा भने अहिले समूद्री पानी भरिन थालेको छ र त्यहाँको पूरै गाउँ ध्वस्त भएको छ ।
प्यासाफिक कोस्टलाईनमा जलवायू परिवर्तनका कारण यस्तो घटना घटेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यस क्षेत्रमा पछिल्लो दुई दशकयता प्रत्येक वर्ष शुन्य दशलमव ४ इन्चले समून्दी सतह बढ्दै गएको छ । अहिले हराइसकेका टापूहरु कम्तिमा पनि ५ हेक्टरको भूभागमा फैलिउको हुनसक्ने र यस टापूलाई माझीहरुले कहिलेकाँही माछा मार्नका लागि प्रयोग गर्ने गरेपनि त्यहाँ मानिसको बसोबास भने नरहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
अनुसन्धानमा सहभागी सिमोन अल्बर्टका अनुसार त्यो केवल बालुवाको सानो थुप्रैमात्रै नभएर पुरै टापू थियो ।
त्यस्तै ध्वस्त भएका ६ टापूमध्ये नुवाताम्बू टापू एक हो । त्यहाँ २५ परिवारको बसोबास थियो । समून्द्री पानी बढेपछि यहाँ ११ घर बगेको अनुसन्धान कर्ताहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार टापूहरुको स्थितीका विषयमा यसरी वैज्ञानिक रुपमा गरिएको यो पहिलो खोजी हो ।
सयौँ टापूहरु मिलेर बनेको सोलोमन आइल्याण्डको जनसंख्या ६ लाख ४० हजार छ ।
यो अस्ट्रेलियाबाट १ हजार माइल्स पर छ । अहिले यस क्षेत्रमा टापूहरु समूद्रमा मिसिन थालेपछि स्थानियवासीहरु बाध्य भएर खतरायूक्त टापू छाडेर नारारो टापूमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
-
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
-
अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण