बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

वन अतिक्रमण गरेर निर्माण गरेको टहरोमा प्रशासनको हमला (फोटो फिचर)

बुधबार, २९ वैशाख २०७३, १७ : ५५
बुधबार, २९ वैशाख २०७३

भक्तपुर – अनन्त लिगेंश्वर नगरपालिका वडा नं १३ स्थित ध्याम्पे डाँडामा वन अतिक्रमण निर्माण गरिएका टहरा पसलहरु भक्तपुर जिल्ला वन कार्यालयल हटाइएको छ ।

नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय प्राणी उद्यान समेत रहेको सो क्षेत्रमा वन अतिक्रमण गरि निर्माण भएका १४ टहरा प्रहरीको सहयोगमा हटाउन वन कार्यालय उक्त स्थानमा पुगेको थियो ।

चैतको पहिलो सातामै उक्त टहराहरु हटाउन आग्रह गरेता पनि कसैलै टहरा नहटाए पछि डोजर सहित प्रहरी लिएर उक्त स्थानका टहरा हटाउन आएको जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलले बताए ।

भक्तपुर जिल्लाका अन्य विभिन्न स्थानमा वन अतिक्रण गरि बनाइएका टहरा हटाउने काम समेत सुरु गरिएको सिग्देलले जानकारी दिएका छन् ।

घ्याम्पेडाँडा पर्यटन पूर्वाधार विकाश समितीका अध्यक्ष तथा स्थानिय लाल बहादुर लामाले भने भूकम्पबाट बिस्थापितहरुले बनाएको ति टहराहरु भत्काएर सरकारले अन्याय गरेको बताए ।

उक्त स्थानमा टहरा भत्काउन ल्याईएको डोजर भने परिचालन गर्नु पर्ने अवस्था आएन ।

क्षेत्रमा बनाइएका टहराहर वन कार्यालयले डोजर र प्रहरी लिएर भत्काउन पुगेता पनि टहरामा बस्नेहरुले आफै खालि गर्ने बताएर सामान बाहिर निकालेका थिए ।

उचित सुरक्षा व्यवस्था सहित वन अतिक्रमित क्षेत्रका टहरा खालि गर्न पुगेका सुरक्षाकर्मीहरुले १ घन्टाको समय टहरा खाली गर्नलाई आह्वान गरेसँगै सो क्षेत्रका टहरामा बस्दै आएकाहरुले खालिगरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप