हाइ हिल्स नलगाएको भन्दै गयो बेलायतमा रिसेप्सनिष्टको जागिर
काठमाडौं – बेलायतमा एक कम्पनी हाई हिल्स नलगाएको भन्दै आफ्नो रिसेप्शनमा कार्यरत एक महिलालाई जागिरबाट निकालेको छ । २७ वर्षकी निकोला थार्पलाई फाइनान्स कम्पनी पिडब्ल्यूसीले जागिरबाट निकालेको हो । निकोलाले यस घटनापछि बेलायतको सांसद्मा ज्ञापनपत्र बुझाएकी छिन् । उनको ज्ञापनपत्रमा ७ सय जनाले समर्थन गर्दै हस्ताक्षर गरेका छन् । कम्पनीले यस घटनापछि आउटसोर्सिङ फर्मसँग कुराकानी भइरहेको जनाएको छ ।
बिना तलबघर फर्किन्
निकोलालाई २ देखी ४ इन्चसम्मको हिल लगाउन भनिएको थियो । तर उनले मानिनन् । त्यसपछि उनलाई बिना तलब घर फर्काइयो । उनले हाईहिल लगाएर ९ घण्टासम्म काम गर्न अफ्टेरो हुने भएका कारण यस्तो प्रस्ताव नमानेको बताएकी छिन् ।
कानून परिवर्तनका लागि ज्ञापनपत्र
पहिलो निकोलालाई यस घटनापछि केही बोल्न मन थिएन । तर पछि उनलाई यो मुद्धा ठूलै भएका कारण आवाज उठाउनुपर्ने महसूस भयो । उनले नयाँ कानूनका लागि संसद्मा ज्ञापनपत्र बुझाएकी हुन् । उनले महिलालाई कार्यक्षेत्रमा हाई हिल्स लगाउन दबाब दिन नमिल्ने बताएकी छिन् । यस ज्ञापनपत्रको समर्थनमा ७ सय जना छन् । कुनै पनि मुद्धामा कानूनी बहस हुनका लागि १० हजारको हस्ताक्षर चाहिन्छ ।
ड्रेस कोड आवश्यक छ
बेलायतको कानून अनुसार ड्रेस कोड लगाउन नमानेको खण्डमा कम्पनीले कर्मचारीलाई हटाउन पाउँछ । तर कम्पनीले कर्मचारीलाई त्यसका लागि पर्याप्त समय दिनुपर्ने हुन्छ । निकोलालाई जागिर दिलाईदिने आउटसोर्सिङ कम्पनी पोर्टिकोले भने उनले अपिरियन्स गाइडलाइन्स मान्ने सम्झौता गरेको बताएको छ । यता फाइनान्स कम्पनी पिडब्ल्यूसीका प्रवक्ताले आफ्नो कम्पनीको कुनै ड्रेस कोड नरहेको बताएका छन् । उनले यस पदका लागि आउटसोर्सिङ कम्पनीले नै कर्मचारी पठाउने सम्झौता भएका कारण उनका विषयमा अहिलेसम्म फाइनान्सलाई जानकारी नभएको बताएका छन् । ५ महिनापछि बल्ल यस विषयमा जानकारी पाएको र अब यस विषयमा आउटसोर्सिङ कम्पनी पोर्टिकोसँग बसेर निर्णय लिने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण