एउटा यस्तो चिडियाघर जहाँ मान्छे थुनिन्छन् र जनावरले स्वतन्त्र भएर हेर्छन्
एजेन्सी–चिडियाघरमा जनावरहरुलाई थुनिन्छ र मानिसहरुले उनीहरुलाई जेलभित्र हेरेर मज्जा लिन्छन् । संसारभर यस्ता थुप्रै चिडियाघर छन् । तर संसारमा यस्तो अनौठो चिढियाघर पनि छ , जहाँ मानिसलाई हेर्न जनावर आउँछन् ।
यस चिढियाघरको नाम लिही लिडू वाइल्डलाईफ राखिएको छ । यो चीनको चोंगक्विंग शहरमा छ । यहाँ जनावरलाई मानिसहरुले खुलमखुला हेर्न सक्छन् । तर उनीहरु आफैँ भने गाडीमा कैद हुन्छन् । मानिसहरुलाई गाडीमा कोचिन्छ र उनीहरुलाई घुमाइन्छ । त्यसरी घुमेर उनीहरुले विभिन्न जनावरलाई नियाल्न पाउँछन् । यहाँ बंगाल टागइर सबैले हेर्ने आर्कषक जनावर हो । यस चिढियाघरका प्रवक्ता चान लियांगका अनुसार गाडीमा थुनिएका मानिसहरुले त्यसरी डुल्ने क्रममा शरिरका कुनै पनि भाग बाहिर निकाल्न पाउँदैनन् किनकी कुनै पनि भाग बाहिर निस्कियो भने जनावरले त्यसमा आक्रमण गर्ने संभावना रहन्छ । यस चिढियाघरमा बसेर जनावर हेर्दै सफारी गर्नका लागि धेरै मानिसहरु वेटिंग लिस्टमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण