बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको पानी जहाजको 'सपना'माथि बाबुरामको व्यंग्य

मङ्गलबार, ०४ जेठ २०७३, २३ : ०२
मङ्गलबार, ०४ जेठ २०७३
काठमाडौं – नयाँ नयाँ योजना सुनाउन चर्चित मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नयाँ योजना सुनाए । अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी गराए । ‘‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’, उनले भने – ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’

प्रधानमन्त्रीको नयाँ ‘सपना’ बारे समाचार आएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसमाथि व्यंग्य गर्दै समाजिक सञ्जालमा ट्वीटरमा लेख्न भ्याइहाले । उनले पानी जहाजभन्दा पहिले राजधानी लगायतका सहरमा सार्वजनिक बस सेवा शुरुवात गर्न प्रमलाई सुझाव दिए ।

उनले लेखेका छन्, ‘प्रमले रेल/पानीजहाज दिनुभन्दा पहिले काठमाडौं लगायतका शहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि रु फराकिलो पारिएका सडकमा ट्राफिकजाम उस्तै जो छ ।’

नयाँ शक्ति नेपालका संयोजक भट्टराई ट्वीटमा छिट्टै प्रतिक्रिया जनाउने नेतामा चिनिन्छन् । ट्वीटमा उनले आफूले फराकिलो पारेको सडकको चर्चा पनि गर्न भ्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप