नेका जिल्ला अधिवेशन अझै अनिश्चित
काठमाडौँ - नेपाली काँग्रेसले केन्द्रीय अधिवेशनअघि नै सम्पन्न गरिसक्नुपर्ने केही जिल्लाको अधिवेशन अझै अनिश्चित बनेको छ ।
केन्द्रीय निर्वाचन समितिले आज साँझा एक विज्ञप्ति जारी गरी निर्वाचन हुन बाँकी रहेका सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सालगायत जिल्लाको निर्वाचन प्राविधिक कारणवस अर्को निर्वाचन कार्यक्रम प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भन्नुभयो, “प्राविधिक कारणवस निर्वाचन रोकिए पनि यही जेठ मसान्तसम्म निर्वाचन गर्ने कोसिसमा छौँ ।”
केन्द्रीय महाधिवेशन सकिएको तीन महिना हुँदासमेत विविध कारणले रोकिएको ती जिल्लाको अधिवेशनको मिति अझै तय हुन नसेकेको हो । जिल्लाको आन्तरिक विवाद, अधिवेशन गर्ने स्थान, भौगोलिक कठिनाइ, ढिला गरेर सुरु भएको गाउँ, नगर र क्षेत्रीय अधिवेशनलगाय कारण देखाउँदै केन्द्रीय अधिवेशनअघि ती जिल्लाको अधिवेशन हुन सकेको थिएन ।
काँग्रेस विधानअनुसार सबै तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिले पार्टीको निकाय तथा शुभेच्छुक संस्थाहरूबाट आवश्यक सहयोग पाउनुपर्ने उल्लखे भए पनि कतिपय जिल्लामा तोकिने जिल्ला निर्वाचन अधिृकत र जिल्ला नेतृत्वबीच कुरा नमिल्दा अधिवेशन सम्पन्न हुन नसकेको हो ।
क्षेत्रीय अधिवेशन भने २४० निर्वाचन क्षेत्रमध्ये २३९ मा सम्पन्न भइसकेको छ । निर्वाचन समितिका अनुसार धनुषा क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशन भने हुन बाँकी छ । अधिवेशन नहुँदा ती जिल्लामा पार्टी गतिविधि र सङ्गठनलगायतका कामसमेत प्रभावित हुँदै आएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण