बिहानै मोटरसाइकल दुर्घटना : ४ को मृत्यु, एकको अवस्था गम्भिर
सिरहा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा बिहानै मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा लहान–५ का ४५ वर्षीय नुजा सदाय, गोलबजा– ६ का ३५ वर्षीय रामाशिष पासवान, १८ वर्षीय विवेक सिंह र ब्रम्हपुर–३ सप्तरीका ५५ वर्षीय लक्ष्मणराम रहेका छन् । उनीहरु सबैको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । घाइते सिरहाको बलकवा–४ का सवेश गोश्वामीको अवस्था चिन्ताजनक रहेको छ ।
स३प १६०, स३प ९२०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएपछि अर्को स२प ६७ नम्वरको मोटरसाइकल पनि त्यहीँ ठोक्किन पुगेको प्रहरीले बताएको छ ।
कुन मोटरसाइकलमा को सवार रहेको र कताबाट आएको हो भन्ने अझैँसम्म खुल्न नसकेको ट्राफिक प्रहरीले बताएको छ । सबैको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।
त्यसैगरी मंगलबार बेलुका भएको म्याजिक र ट्याक्छर एक आपसमा ठोक्किँदा म्याजिकमा सवार १० जना घाइते भएका छन् । उनीहरुको पनि विष्णुपुरकै स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण