पूर्वसभासद् महतोलाई मारपिट गर्ने तीन पक्राउ
महोत्तरी– एनेकपा माओवादीकी पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई मङ्गलबार दिउँसो घरबाट पक्राउ गरेको हो ।
फरार रहेका उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।
उनीहरुले सोमबार राति महतोको घरमा प्रवेश गरी घरेलु हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी पूर्वसभासद् महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गाँउका दुई समूहबीच लामो समयदेखि चल्दै आएको एक विवाद समाधान गर्ने क्रममा महतोको भूमिकाप्रति असन्तुष्ट रहेको उक्त समूहले मारपिट गरेको स्थानीयवासीले बताएका छन् ।
समयमै इलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिबजारबाट गएको गस्ती घटनास्थलमा पुगेकाले उनीहरु फरार भएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा महतो एमाओवादी महोत्तरी क्षेत्र नं ६ का तर्फबाट समानुपातिकतर्फबाट सभासद्मा चुनिएका थिए । हाल महतो वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादीको केन्द्रीय सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण