बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुर जिल्ला कमिटीमा प्रधान

बुधबार, ०५ जेठ २०७३, १२ : १४
बुधबार, ०५ जेठ २०७३

काठमाडौं– राप्रपा नेपालको तीन दिनअघि विघटन गरिएको ललितपुर जिल्ला कार्यसमितिको अध्यक्षमा काबुकाजी प्रधानलाई नियुक्ति गरिएको छ । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै राप्रपा नेपालले सो कमिटी विघटनको घोषणा गरेका थियो ।

‘पार्टीको बृहत्तर हित र एकता विपरित कार्यमा संलग्न भएको भन्दै ३ दिन अघि विघटन गरिएको ललितपुर जिल्ला कार्य समितिको तदर्थ समितिको अध्यक्षमा बाबुकाजी प्रधानलाई जिम्मेवारी प्रदान गरिएको छ, सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

प्रधान पार्टीको केन्द्रीय सदस्य तथा बागमति अंचल समन्वय समितिका संयोजक समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप