बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महशुल नतिर्ने ग्राहकको लाइन धमाधम काटिँदै

बुधबार, ०५ जेठ २०७३, १२ : ३६
बुधबार, ०५ जेठ २०७३

बैशाख –नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले महशुल नबुझाउने ग्राहकहरुको लाइन धमाधम काट्न सुरु गरेको छ । एक हजार पाँच सय ८२ ग्राहकबाट झण्डै ३ करोड महशुल उठ्न बाँकी रहेपछि, लाइन काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिएका छन् । प्राधिकरणले एक महिनाको अवधिमा २ सय ६९ जना ग्राहकको लाइन काटिसेको जनाएको छ । प्राधिकरणले पोलबाट तार चुडाँउनुका साथै घरमा ठोकेको मिटरबक्समा समेत शिल गर्ने गरेको छ । लाइन काटिएका मध्ये अहिले एक सय ९३ जना ग्राहकले ३६ लाख ६२ हाजार ६ सय ७५ रुपैयाँ पुरानो महशुल बुझाएर पुनः नयाँ लाइन जोडेको प्राधिकरण प्रमुख गिरीले बताए । गिरीका अनुसार २ करोड ९१ लाख ६६ हजार ९ सय २४ रुपैयाँ मध्य सडक बत्तिको मात्रै तुलसीपुर नगरपालीकाले तिर्नु पर्ने रकम एक करोड ७ लाख रहेको छ । सडक बत्तिको महशुल बुझाउन तुलसीपुर नगरपालिकालाई विभिन्न समयमा आग्रह गरे पनि कुनै सुनुवाई नभएको प्राधिकरणका प्रमुख गिरीले बताए । यता तुलसीपुर नगरपालीको यस विषयमा आफुलै कुनै जानकारी नभएको बताएको छ । ‘म भर्खर आएको छु,’ तुलसीपुर नगरपालिका कार्यकारी अधिकृत टोपेन्द्र केसीले भने, ‘यसको विषयमा बुझ्नु पर्छ ।’ सडकको महशुल तिर्नु पर्नेहो कि होइन यस विषयमा प्राधिकरण संग सल्लाहा गर्ने कार्यकारी अधिकृत केसीले बताए । बर्षौदेखि विद्युत उपयोग गरे पनि महशुल नतिर्ने अटेरी ग्राहकको लाइन काट्न सुरु गरे पछि पैसा उठ्न थालेको कर्मचारीहरुले बताएका छन् । १५ बर्ष अघि देखि बिजुली बत्ति बाले पनि पैसा नतिर्ने ग्राहकहरु समेत भेटिएका छन् । यस्तै नागरिक समाज दाङले पनि प्राधिकरणको कार्य प्रति खुशि व्यक्त गरेको छ । बषौं देखिको पुरानो बक्यौता उठाउन ठूलो आँट गरेको भन्दै नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले कानुन विपरीत जान खोज्ने ग्राहकलाइलाई लाइन काटेर महशुल तिर्न बाध्य बनाएकोमा आफु निक्कै खुशी भएको बताए । यस अघिका हाकिमले पनि यस्तै हिक्मत गरेको भए ठूलो बक्यौता नहरने र राज्यलाई पनि घाटा नलाग्ने रेग्मीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप