बग्दादमा शृखलाबद्ध बम विस्फोट ६९ को मृत्यु, दर्जनौँ घाइते
बग्दाद - इराकको राजधानी बग्दाद र छिमेकी इलाकहरुमा अवस्थित बजार र रेष्टुराँमा मङ्गलबार भएको शृखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ ।
चार छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरु भएको थियो । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । मङ्गलबार अपराह्न सो विस्फोटहरु भएको थियो ।
सिया मुसलमान समूदायको बलियो प्रभाव रहेको इलाकाहरुमा गरिएको यस आक्रमणको इस्लामिक स्टेट (आइएस) लडाकू समूहले आफ्नो बेभसाइटमार्फत जिम्मा लिएको छ ।
मारिनेहरुमा अधिकांश सर्वसाधारण परेका छन् । उनीहरूलाई आईएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ ।
राजधानीमा आईएसका लडाकूले व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर आत्मघाती हमला गरेका जनाइएको छ । इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ
आत्मघाती हमलाकारी महिला रहेको इराकी प्रहरीले जानकारी दिएको थियो । इराकमा पछिल्लो समयमा आईएसले हमला गर्ने गरेको छ ।
इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ । इराकको राजधानी सहर बग्दाद र वरपरका सहरहरुमा गत हप्ता भएको आतङ्ककारी आक्रमणहरुमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । केही समययतादेखि त्यहाँ हिंसा थप भड्किएको समाचारमा जनाइएको छ ।
गत शनिबार भएको ट्रकबम विस्फोटमा परी २४ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३८ जना गम्भीर रूपमा घाइते भएका थिए ।
सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ । रासस÷एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण