यो हो विश्वकै उत्कृष्ट नोट
काठमाडौं – अमेरिकाको हरियो डलर विश्वमै चलेको पैसा हो । तर वनावटको हिसाबले हेर्ने हो भने न्युजिल्याण्डको पैसा विश्वकै राजा मानिन्छ । इन्टरनेशनल बैँक नोट सोसाइटीले न्युजिल्याण्डका ५ डलरको नोटलाई बौकनोट अफ दि इयर २०१५ को अवार्ड प्रदान गरेको छ । सुरक्षाका लागि नोटमा राखिएका स्टिकरदेखी डिजाईनसम्मलाई आधार मान्दै यस नोटलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो । इन्टरनेशनल बैँक नोट सोसाइटी (आईबिएनएस) ले सुन्तला र खेरौ रंगको नोटलाई आर्कषक र उत्कृष्ट ठहर गरेको हो । यस नोटको अगाडीपट्टीको भागमा सगरमाथाका प्रथम आरोही सर इडमन्ड हिलारी र न्युजिल्याण्डको सर्वोच्च शिखर माउन्ट ककको तस्विर छ ।
नोटको पछाडीपट्टीको भागमा पहेलोँ आँखा भएको पेन्गुइन छ । यस पेन्गुइनले आँखा फेर्दै गरेको छ । यस अवार्डका लागि २० देशका ४० नोटहरु प्रतिस्पर्धामा थिए । अवार्डमा २०१५ मा जारी गरिएका बैँक नोटहरुले मात्रै सहभागिता जनाउन पाउने प्रावधान छ । सन् २०१५ मा विश्वभर १ सय ५० नयाँ बैँकनोट सार्वजनिक भएका थिए । त्यसमध्ये ४० वटाले प्रतिस्पर्धामा सहभागिता जनाउन पाए । न्युजिल्याण्डपछि स्विडेनको २० क्रोनोरको नोट, रुसको १ सय रुवेलको नोट, काजाकिस्तानको २० हजार टेन्जको नोट र स्कटल्याण्डको क्लाईडेसडेल बैँकको ५ रुपैयाँको नोट क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहे । विजेता बैँकनोटका विषयमा कुरा गर्दै न्युजिल्याण्डको रिजर्भ बैँकका सहायक प्रवक्ता जीअफ बासक्यान्ड भन्छन्–‘यस नोटमा संसारकै सुरक्षित फिचर्सहरु छ । त्यससँगै यसमा न्युजिल्याण्डको इतिहास, संस्कृत र सम्पदा झल्काइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण