बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)

बुधबार, १० असार २०८३, ०१ : १९
बुधबार, १० असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रचार तीव्र पारिएको छ।
  • महाधिवेशनको बन्द सत्र सकिएसँगै नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता र चुनावी प्रचारप्रसारले गति लिएको छ।
  • बुधबार बिहान हुने मतदानमा पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको निर्वाचन हुनेछ।

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा यति बेला चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्द सत्र मंगलबार सकिएसँगै नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता सकिएसँगै र चुनावी प्रचारप्रसार तीव्र बनेको हो ।

बुधबार बिहानबाट हुने मतदानका लागि आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारका समर्थकहरू महाधिवेशन स्थल बाहिर र भित्र आ–आफ्ना प्रतिनिधिको पक्षमा भोट माग्दै प्रचारमा जुटेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार बुधबार बिहान पहिलो चरणको निर्वाचन हुनेछ । पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुने कार्य तालिका छ। 

तस्बिरहरु

RSP (1)RSP (2)RSP (3)RSP (4)RSP (5)RSP (6)RSP (7)RSP (8)RSP (9)RSP (10)RSP (11)RSP (12)RSP (13)RSP (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप