होसियार ! ट्राफिकले १५ सयसम्म जरिवाना ठोक्ला ?
बर्दिबास–ना६ख ४०८८ नम्बरको ट्रक चालक जगत बहादुर राईको यो रियल घटना हो । ट्रक ड्राइभर राई अरु राजमार्गभन्दा प्रायः पूर्व—पश्चिम लोकमार्ग नै अलि बढि प्रयोग गर्छन् ।
ट्रकमा लोड गरिएको सरसमान लिएर जिल्ला ट्राफिक प्रहरी बर्दिबास महोत्तरीको कार्यालय अगाडिबाटै उनी कयौं पटक ओहर–दोहर गरिसकेका छन् । उनी विगतमा ट्राफिक नियम कानुन मिचेर एक हजारसम्म जरीवना तिरेका थिए ।
तर, उनलाई ५ जेठ २०७३ मा फेरी ट्राफिक कानुनलाई चुनौति दिए । महोत्तरी ट्राफिक प्रहरीले आफ्नै कार्यालय अगाडी चेकजाँच गर्दा ट्रक चालक जगतबहादुरको साथमा न सवारी दर्ता किताब (ब्लु बुक)थियो, न सडक इजाजत पत्र थियो, न सवारी जाँच पास थियो, न त उनीसँग सवारी चालक अनुमति पत्र नै थियो । यी सबै कागज उनको साथमा हुनु पथ्र्यो । तर, उनले ती सबै कागजपत्र ट्राफिक प्रहरीलाई देखाउन नसक्दा उनलाई ट्राफिक प्रहरीले समाईहाले ।
पहिला यस्तै गल्ती गर्दा उनले एक हजारसम्म जरिवाना तिरेका थिए । तर, यसपाली जरिवाना रकम १५ सय तिर्नुपर्छ भन्दा उनी जिल्ल परे । नेपाल सरकारले ट्राफिक नियम मिच्नेलाई जरिवाना बढाएको निर्णयसहितको पत्र उनलाई देखाए पश्चात् उनी ट्राफिक प्रहरीलाई १५ सय रकम जरिवाना तिरेको ट्राफिक प्रहरीका असई होमबहादुर भित्रिकोटीले बताए ।
नेपाल सरकारले १४ असार २०७२ सालको राजपत्रमा १ जेठ २०७३ सालदेखि लागु हुने गरि ट्राफिक नियम मिच्नेलाई पहिले गर्दै आएको जरिवानालाई बढाएर १५ सयसम्म पु¥याएको छ । होसियार बन्नुहोस् ! नत्र अब ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्नेलाई १५ सयसम्म जरिवाना गर्नसक्ने कानुन नेपाल सरकारले ल्याएको छ । जसको लागु गत जेठ १ गतेबाट भएको छ ।
२०६८ सालमा यातायात व्यवस्था कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६० ट्राफिक प्रहरीलाई अधिकार प्रत्यायोजन गर्दा जगत बहादुर जस्तो गल्ती गर्नेहरुलाई हुँदैसम्मको कारवाही गर्दा ट्राफिक प्रहरीले १ हजारसम्म जरिवाना ठोक्ने गथ्र्यो ।
तर, अब सरकारले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ लाई संसोधन गरेर जगतबहादुर जस्तो गल्ती गर्नेहरुलाई हदैसम्म कारवाही गरेर १५ सयसम्म जरिवाना लिने अधिकार सोही दफाले ट्राफिक प्रहरीलाई दिएको छ । यस ऐन अन्र्तगत पहिलो पटक ट्रफिक कानुन उल्लघंन गर्दा ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटकमा १५ सय जरिवाना लिन पाउने व्यवस्था छ ।
गत जेठ १ गतेबाट संशोधित ऐन लागु गरेर महोत्तरी ट्राफिक प्रहरीले जेठ ५ गतेसम्म हुँदै सम्मको ३ कारवाही गरेको निमित्त ट्राफिक प्रमुख विमल खरेलले बताए । उनका अनुसार, संशोधित कानुन लागु भए यताको पाँच दिनमा ३३१ सवारीलाई कारवाही गरेर २ लाख २३ हजार राजस्व संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण