बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

८० प्रतिशत हिन्दुवादी छन्, जनता जे चाहान्छन् त्यही हुन्छ, काँग्रेस द्वन्द्व सृजना गर्न चाहन्न : कोईराला

शुक्रबार, ०७ जेठ २०७३, १८ : ३७
शुक्रबार, ०७ जेठ २०७३

दाङ – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले काँग्रेसले धर्म र जातीका आधारमा राजनीति नगर्ने बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा शुक्रवार विहान आयोजना गरेको साक्षात्कार कार्यक्रममा उलने जनताले जे चाहान्छन् भविस्यमा धर्मको बारेमा त्यही हु्ने बताए । तर उनले अहिले नै धर्मको कुरा उछालेर काँग्रेस द्वन्द्व सृजना गर्न नचाहेको स्पष्ट पारे । उनले आफूले चाहेको व्यवस्था लागुगर्नका लागि कुनै पनि पार्टीको स्पष्ट बहुमत चाहिने हुँदा अहिले काँग्रेसलाई त्यो म्यान्डेट जनताले नदिएको उल्लेख गरे ।

रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महामन्त्री कोईरालले भने ‘ त्यसको बागडोर तपाँईको हातमा भएन भने त्यो अपहरण हुन्छ हाईज्याक्ट हुन्छ । हो ८० प्रतिसत जनता हिन्दुवादी छन् । जनताले जे चाहान्छन् त्यही हुन्छ ।’ तर अहिलेको अवस्थामा जुन संविधान आएको छ त्यो अतेन्तै राम्रो रहेको उनले स्पष्ट पार्न खोजको थिए । नयाँ संविधानले हरेक धर्मलाई समान स्थान दिएको चर्चा गरे । उनले थपे ‘हामी समाजवादी पार्टी हो । धर्म र जातीको आधारमा राजनीति गर्नु हुँदैन । यसमा पूर्ण विराम आवश्यक छ ।’ तर उनले नेपाली काँग्रेसले आफ्नो चारतारे झण्डामा एउटा तारा धार्मिक स्वतन्त्रताको लागि दिएको बताएका थिए ।

उनले थपे ‘निर्माणका साथ साथै रचनात्मक विध्वम्स हुन्छ । नयाँ कुरा आउँदै गर्दा पुराना कुरा समाप्त हुन्छन् तर, हामी समाजवादी भएको हुनाले सबैभन्दा पहिले हामीले विध्वम्समा परेकाहरुको सबैभन्दा पहिले सम्वोधन गर्नुपर्छ । मुख्य कुरा परिवर्तन संविधान ग्रहन गर्न सक्नुपर्छ । यो ठूलो परिवर्तन हो ।’

फरक प्रशंगमा बोल्दै डा. कोईरालाले काँग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । उनले पुनःनिर्माण, कालोबजारी, ग्याँस, इन्धन जस्ता कुराहरु अझैं व्यवस्थापन गर्न नसकेकोले यो सरकारको आलोचना गर्ने थुप्रै ठाउँहरु रहेको बताए । नेपाली काँग्रेस ठूलो पार्टी भएकोले काँग्रेसले आफनो नेतृत्वमा सरकार निर्माण गर्न खोज्नु सामान्य कुरा भएको बताए । कार्यक्रमको सहजीकरण क्लवका कोषाध्यक्ष वालाराम खड्काले गरेका थिए ।

यसैबीच महामन्त्री कोईरालाले अबको एजेण्डा आर्थिक विकासको हुनुपर्ने बताएका छन्। मुलुक ७० वर्षदेखि द्वन्द्वमा फसेकोले त्यसको विकासका लागि अब दलहरुले आर्थिक एजेण्डा प्रमुख रुपमा उठानुपर्ने बताएका हुन । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा महामन्त्री कोईरालाले विकासका लागि कर्मचारीबाट सम्वभ नहुने हुुँदा स्थानीय निकाएको निर्वाचन आवश्यक रहेको बताए । स्थानीयलाई आफनो विकास गर्न चिन्ता हुने हुँदा उनीहरु विकासमा लाग्ने उनले बताएका हुन । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमाल रिजाललको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यसअवसरमा अध्यक्ष रिजालले यस क्षेत्रको विकासका बारेमा महामन्त्री कोईरालाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै महामन्त्री कोईरालाले टरिगाउँ एयरपोर्टको स्तरउन्नती र दाङलाई राजधानी वनाउने समालमा आफू सकारात्मक भएको बताए । उनले दाङ राजधानीका लागि उपयुक्त स्थल भएको बताए । कार्यक्रमको सहजीकरण महासचिव नेत्रलाल वलीले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विरु रावलते गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु दिपक गिरी , हृदयराम थानी, सांसदहरु बुद्धिराम भण्डारी, डिल्ली चौधरी, राजु खनाल, अनिता देवकोटा, मोहन वराल, संजय गौतम, दिपक खड्का लगायतको उपस्थिती थियो। यसैबीच प्रजातान्त्रीक उद्योग व्यापार संघमा महामन्त्री कोईरालले काँग्रेसमा अब गुट उपगुट नहरेकोले एक भएर जान आग्रह गरेका थिए । उनले कार्यकर्ता विचमा एकता भएमा आगामी निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत आउने बताए । प्रजातन्त्रीक उद्योग व्यापार संघका अध्यक्ष जनक प्रशाद खराललको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण वलिराम केसीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप