लमजुङ बस दुर्घटना – एकै घरका तीनको मृत्यु, शोकमा डुब्यो साल्मेगाउँ
शुक्रबार, ०७ जेठ २०७३, १८ : ४९
तनहुँ - बिहीबार दिउँसो छिमेकी जिल्ला लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानीमा बस दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएपछि मध्यनेपाल नगरपालिका–१ साल्मेगाउँ शोकमा डुबेको छ ।
एकै वडाका त्यसमा पनि एउटै घरपरिवारका तीन जनासम्मले दुर्घटनामा ज्यान गुमाएपछि उक्त गाउँ शोकमा डुबेको हो । दुर्घटनामा परी एकै घरका ५७ वर्षीय बाबु रामकृष्ण गुरुङ, ५५ वर्षीया आमा मीनाकुमारी र ३९ वर्षीय गणेशबहादुरको मृत्यु भएको स्थानीय बेलवहादुर गुरुङले जानकारी दिए।
उक्त दुर्घटनमा परी बिहीबार घट्नास्थमै– नौ जनाको मृत्यु भएको थियो भने दुई जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शुक्रबार दुई जनाको मृत्यु भएको हो । घाइते सातजनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।
ना६ख ४१३६ नम्बरको बस सोही गाविस–५ स्थित टक्सार तामाखीमा दुर्घटना भएको थियो । उपचारको क्रममा मृत्यु हुनेमा उमेर नखुलेका मध्यनेपाल नगरपालिका–१ निवासी सागर थापा र सोही स्थानकी दुई महिनाकी जोया खवास रहेको प्रहरीले जनाएको छ ।
मृतकका परिवारलाई उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् । बस दुर्घटनापछि फरार चालक हालसम्म सम्पर्कमा नरहेकोले खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण