बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब यार्सा पनि नक्कली !

शुक्रबार, ०७ जेठ २०७३, १८ : १३
शुक्रबार, ०७ जेठ २०७३

डोल्पा – डोल्पामा बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन २०५३ तिरबाट भएतापनि व्यवसाहिक रुपमा भने ६० साल देखिनै संकलनकार्य शुरु भएको हो ।

पछिल्लो समयमा जिँउदो सुनको रुपमा चिनिने यार्सागुम्बाको मुल्यमा भएको बृद्धिले सबैको ध्यान यार्सागुम्बातिर तानिएको छ ।

बजारमा सक्कली यार्सागुम्बाको मुल्य तिन सय देखि पन्ध्र सय सम्म पर्दछ ।यार्सागुम्बाको गुणको आधारमा पाईने लोभलाग्दो मुल्यले बिभिन्न देशहरुले यसको नक्कली उत्पादनपनि बजारमा ल्याउनथालेको पाईएको छ ।

यसबर्ष डोल्पामा रबरको यार्सागुम्बा पनि देखिएको छ । रबरको भएपनि यसका सबै भाग सक्कली यार्सागुम्बाभन्दा फरक छैन । खाली यसलाई समातेर थिच्यो चेप्टिन्छ । स्थानिय संकलकहरुले बताए, ‘सक्कली यार्सागुम्बा साह्रो हुन्छ भने नक्कली यार्सा एकदमै नरम हुन्छ ।’

एक दुई पिस भन्दापनि किलोमा जोखेर बेच्दा मिसावट हुने सम्भाबना हुने भएकाले नक्कली यार्सागुम्बादेखि सावधानहुन व्यापारीहरुलाई सरोकारवालाहरुले सुझाएका छन् ।

त्यस्तै रुकुम जाजरकोटका पहाडी गाँउहरुका लेकहरुमापनि सहजै भेटिने नक्कली यार्सागुम्बाबाट धेरै व्यक्ति ठगिने गरेका छन् । यसबर्ष बजारमा दुई किसिमका नक्कली यार्सागुम्बा देखिएकाले बिक्रि वितरणबाट सतर्कहुन यार्सा व्यापारीहरुलाई प्रहरीले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप