बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पानी रङमा पोखरा

शुक्रबार, ०७ जेठ २०७३, १७ : २६
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौँ– पोखरेली कलाकारले बनाएका पानी रङका चित्रको प्रदर्शनी आज बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको छ ।

‘पानी रङमा पोखरा’ नाम दिइएको उक्त प्रदर्शनीमा तीन वरिष्ठ कलाकार र युवा गरी छ चित्रकारका ६२ चित्र राखिएको छ । वरिष्ठतर्फ चर्चित व्यङ्ग्य चित्रकार वात्सायन, बुद्धि गुरुङ र एलपी गुरुङका १०– १० चित्र समावेश छन् ।

त्यस्तै युवा चित्रकारत्रय विश्वराज पराजुलीका १२ तथा पदम घले र सूर्य बराइलीका १०– १० चित्र छन् । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा तीन दिनसम्म चल्ने प्रदर्शनीमा पोखराका आकर्षक भूदृश्य, सहरी जनजीवन, मुस्ताङ लगायत नजिकका विभिन्न ठाउँका दृश्य, खोलानाला र तालतलैया, विकासको सपना आदि देखाइएको छ ।

साथै चित्रमा राजधानीका विभिन्न ठाउँ र देशका मुख्य सहरका चित्र, गौतम बुद्ध, झमककुमारी घिमिरे, एकसिङ्गे गैँडा लगायत पोखरासँगै सम्पूर्ण नेपाली जनजीवनलाई देख्न सकिन्छ ।

प्रदर्शनीको आज उद्घाटन गर्दै नेपालका लागि फ्रान्सेली राजदूत ह्भेस कारमोनले पोखराको सुन्दरता, कला र संस्कृतिबारे पहिल्यै सुनेको र आज अनुभव गर्न पाएको बताए ।

चित्रकार बरालले चित्र हेरेपछि यसअघि पोखरा पुगेकालाई त्यहाँको सम्झना दिलाउने र नपुगेकालाई समेत त्यहाँको अनुभूति दिने बताए । सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटले पोखराको कलाको आफ्नै ‘शैलीगत भिन्नता छ’ भन्ने देखाउन प्रदर्शनीको आयोजना गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप