विमान समुद्रमा खस्ने ठट्टा गर्थिन् इजेप्ट एयरकी परिचारिका
काठमाडौं – हराइरहेको इजिप्ट एयरको विषयमा अहिले धेरैलाई चासो छ । यसै विमानसँग सम्बन्धित रहेर विभिन्न अड्कलबाजीहरु गरिएका छन् । विमानमा सवार यात्रू तथा चालक दलका सदस्यको अवस्था के छ भन्ने चासो केन्द्रित भइरहेका बेला यस विमानकी एक एयरहोस्टेजले सार्वजनिक गरेको तस्विर भाइरल बनेको छ ।
उनले समुन्द्रमा प्लेन खसिरहेको तस्विरलाई इडिट गरेर त्यसमा अर्की एयर होस्टेसकोे फोटो समेत जोडेको तस्विर दुई वर्षअघि मात्रै फेसबुकमा शेयर गरेकी थिइन् । फोटोमा समून्द्रबाट एक एयर होस्टस अगाडी बढीरहेको र नेपथ्यमा एक विमान खसेको देखिएको छ । २३ वर्षकी समर इज इल्डिनले यस्तो तस्विर सेप्टेम्बर २०१४ मा अपलोड गरेकी थिइन् । उनले तस्विर अपलोड गर्नुभन्दा केवल ४ महिनाअघि मात्रै इजिप्टको राष्ट्रिय विमान कम्पनीमा जागिर पाएकी थिइन् । तस्विरमा रहेकी एयर होस्टेसको ब्याग समून्द्र पानीमा भिजेको छ । एन साम्स विश्वविद्यालयमा मोर्डन ल्याङग्वेज पढेकी इल्डिन अहिले विमान हराइरहदाँ त्यही विमानमा छिन् । ६६ यात्रू बोकेर पेरिसबाट कायरोका लागि उडेको यो विमानको खोजी जारी छ । विमानका क्यापटेनले चार दिनअघि मात्रै प्रोमोशन पाएका थिए भने यस विमानकी क्याविन म्यानेजर पूर्व टिभी अभिनेत्री समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण