बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजिप्ट एयर : विमान र यात्रुको शवको टुक्रा भेटियो

शुक्रबार, ०७ जेठ २०७३, १९ : ०४
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौं – मेडीटेरानियन समुद्रमा हराइरहेको इजिप्ट एयरको विमानको खोजी जारी रहँदा विमानका केही टुक्रा, सिट तथा लगेजका साथै यात्रुको शवकाहरु समून्द्रमा तैरिरहेको अवस्थामा फेला परेका छन् । यसअघि इजिप्टियन आर्मीले प्लेनको ब्लाक बक्स रेकर्डरहरुको खोजी भइरहेको बताएको थियो । ब्ल्याकबक्स रेकर्डर फेला परेमा हराइसकेको विमानको पत्ता लाग्ने अनुमान गरिएको थियो । तर एक्कासी ग्रिसका रक्षा मन्त्रीले विमानको टुक्रा फेला परेको बताएपछि विमान सकुशल रहेको अपेक्षा गर्नेहरु भावविव्हल भएका छन् । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले विमान दुर्घटनामा ज्यान गुमाउनेको परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरु जीवित नरहेको घोषणा गरेका छन् । विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने अझै यकिन भइसकेको छैन । विमानलाई आईएसका विद्रोहीहरुले झारेको हुनसक्ने अनुमान पनि लगाइएको छ । ७ महिनाअघि यसरी नै आईएसले विमान दुर्घटना गराएको थियो । तर यसपटक कसैले पनि दुर्घटनाको जिम्मेवारी लिएको छ्रैन् । यद्यपि राष्ट्रपति अब्देल फताहले हिजोमात्रै यो दुर्घटना प्राविधिक त्रूटी नभएर आतंककारी हमालाको उपज हुनसक्ने संभावना उत्तिकै रहेको औल्याएका थिए । बिहिबार मात्रै पनि विमानको खोजी गरिरहेको ग्रिक टोलीले केही सामाग्रीहरु भेटिएको जनाएको थियो । तर इजिप्ट एयरलाईन्सले ग्रिक टोलीले फेला पारेका सामाग्रीहरु आफ्नो विमानको नरहेको बताएको थियो । अझै पनि के कारणले दुर्घटना निम्तियो भन्ने सम्बन्धमा कुनै जानकारी प्राप्त भएको छैन् । रुसी अनुसन्धानकर्ताहरुले भने विमानमै बम रहेको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप