राजविराज–कुनौली सडकमा सवारी सञ्चालन गर्न जोखिमपूर्ण
राजविराज - सडकको अवस्था प्रति दिन जिर्ण हुदै जादाँ पनि मर्मततर्फ सम्वन्धीत निकायको ध्यान नजादाँ सवारी सञ्चालन गर्न कठिनाई तथा जोखिमपूर्ण भइरहेको राजविराज–कुनौली सडकका सवारी व्यवसायीहरुले गुनासो गरेका छन् ।
सुख्खायाममा सडकको अवस्था थोरै ठिक भएपनि वर्षायाम सुरु भएदेखि प्रति वर्ष सडकको अवस्था जिर्ण हुने गरेको वताउदै व्यवसायीहरु यस वर्ष पनि सडक अति नै जिर्ण भईसक्दा पनि सम्वन्धीत निकाय सदा झै मौन बसेको गुनासो गरेका हुन् ।
जिर्ण सडकमा आफुहरुलाई सवारी सञ्चालन गर्न अति नै कठिनाई भईरहेको तथा यात्रुलाई समेत गणतव्यसम्म पु¥याउने अवस्था नरहेको टेम्पो व्यवसायी संघका सदस्य विरेन्द्रप्रसाद दासले बताए । उनले भने– ‘राजविराजदेखि कुनौलीसम्म सडकको अवस्था र तिलाठीनिर पुलको समस्याका कारण हामीले चाहेर पनि यात्रुलाई गणतव्यसम्म पु¥याउन सकिरहेको छैनौं ।’
अर्का व्यवसायी कोचाबखारी–४ लोखरमका निरजनकुमार दासले जिर्ण रहेको सडकमा गाडी चलाइरहँदा आफुहरुलाई दुर्घटना हुने पनि उतिकै त्रास रहेको बताए । उनले भने–‘सडकमा कतै कतै ठुल–ठुला खाल्डो रहेको गाडी दुर्घटनामा पर्ने पनि धेरै सम्भावना रहेको छ ।’ उनले थपे–‘सडकको जिर्ण अवस्थाप्रति सम्वन्धित निकायको उदासिन्ताले आफुहरुको व्यवसाय पनि धरापमा पुगेको छ ।’
कति पटक त व्यवसायीहरु चन्दा संकलन गरेर सडकको मर्मत ग¥यो तर फेरी पानीको बहावसँगै सडक पुनः पुरानै अवस्थामा बदलिएको अर्का व्यवसायी दिपेन्द्रकुमार यादवले बताए । सडकको ठोस मर्मत गर्नुपर्ने माग गर्दै उनले सम्वन्धित निकायलाई ध्यान दिन समेत आग्रह गेरका छन् । १० किलो मिटर रहेको राजविराज–कुनौली सडकमा हाल ५० वटा सिटी सफारी, ३० वटा टेम्पो र ५ वटा बस सञ्चालनमा छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण