बुद्धसँग सम्बन्धित स्थलहरु घुम्दै राष्ट्रपति भण्डारी
परासी – राष्ट्रपति बिद्यादेवी भण्डारी आज नवलपरासीको रामग्राम स्तुपको पनि अबलोकन गरकी छिन् छ । भगवान गौत्तम बुद्धको अष्ठ धातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा पुगेर राष्ट्रपति भण्डारीले दीप प्रज्वलन गरी सो क्षेत्रको जानकारी समेत लिएकी थिइन् ।
दिउँसो करिब ३ बजेको समयमा राष्ट्रपति भण्डारी नवलपरासीको रामग्राम स्तुप आइपुगेकी थिइन् । सो क्रममा राष्ट्रपति भण्डारीले रामग्राम स्तुपको गुरु योजना र त्यसको अवस्था बारे अबलोकन सहित जानकारी लिइन् । सो क्रममा राष्ट्रपति भण्डारीलाई लुम्बिनी बिकास कोषका पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले रामग्रामको गुरुयोजना बारे बिस्तृत रुपमा जानकारी गराए ।
सोही क्रममा भगवान गौत्तमबुद्धको अष्ठ धातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा आएकी राष्ट्रपति भण्डारीलाई नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले मायाको चिनो समेत प्रदान गरेका थिए ।
यसैगरी राष्ट्रपति भण्डारीले केही बेर रामग्राम स्तुपमा आएका सर्बसाधारणहरुसँग पनि भेटघाट गरेकी थिइन् । यसरीनै राष्ट्रपति भण्डारीको आज दिनभर भगवान गौत्तम बुद्धसँग सबन्धित स्थलहरुको आबलोकन गरी बितेको छ । २५६० औँ बुद्ध जयन्तीको पुर्ब सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्धजन्म स्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थलहरु कपिलबस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम स्तुप र रुपन्देहीको देवदह क्षेत्रको अबलोकन गरकेी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण