कोका–कोला कप ८औं संस्करण– १०० भन्दा बढी विद्यालयहरुले भाग लिने
काठमाडौं – कोका–कोला नेपाल, अखिल नेपाल फुटबल संघ(एन्फा) र युवा तथा खेलकुद मन्त्रालयले संयुक्तरुपमा आज कोका–कोला कप २०७३ संस्करण आयोजना गर्ने घोषणा गरेका छन् । छात्र तर्फका ११२ विद्यालयका करिब २००० भन्दा बढी विद्यर्थीहरुको प्रतिनिधित्व जनाउने निश्चितताको साथ, यो देशको सबैभन्दा ठूलो ग्रासरुट स्तरको अन्डर १६ फुटबल प्रतियोगिता बनेको छ । यो संस्करणमा, प्रत्येक जिल्लाबाट कम से कम ३० विद्यालयहरुले भाग लिने र प्रतियोगीता एन्फा संग आवद्ध ४३ जिल्लाहरुमा सञ्चालन हुनेछ ।
युवा तथा खेलकुद मन्त्री श्री सत्य नारायण मण्डल, विशेष अथितिमा नेपाल खेलकुल परिषद्का मेम्बर सेक्रेटरी श्री केशव कुमार विष्ट र बोटलर्स नेपाल लि.का मेनेजिङ्ग डाइरेक्टर श्री पुनित भर्सने एन्फा कमप्लेक्समा सम्पन्न कोका–कोला कपको उद्घाटन समारोहमा उपस्थित थिए ।
हरेक वर्ष कोका–कोला कप देशमा रहेका युवा खेलाडीहरुलाई एक मौका प्रदान गरि उनिहरुको फुटबल प्रतिभा र क्षमतालाई विकाश गर्न आयोजना गरिन्छ । २०६३ सालमा शुरु भएको यस प्रतियोगीताले एन्फाद्वारा सञ्चालित विशेष प्रशिक्षण कार्यक्रममा भाग लिने मौका प्रदान गर्नेछ, कार्यक्रमको एक भागको रुपमा, एन्फा प्रतितिधिहरुले प्रत्येक खेल हेर्ने छन् र उत्कृष्ट खेलाडिहरु छनोट गरि नेपालका ख्याति प्राप्त राष्ट्रिय प्रशिक्षकहरुद्वारा एन्फामा प्रशिक्षण प्रदान गरिने छ ।
आजको प्रतिभाशाली नेपाली फटबल टिम कोका–कोला कपमा आफ्नो प्रतिभा देखाई सकेका क्षमतावान् खेलाडिहरुबाट बनेकोछ , जसमा विशाल राई, विकेश कुतु, रविन श्रेष्ठ, हेमन गुरुङ्ग, बिमल घर्ती मगर, अदित्य चौधरी, अनन्त तामाङ्ग र अन्जन विष्ट जस्ता खेलाडिहरुले पहिले कोका–कोला कप खेलिसकेका छन् ।
एन्फा एकेडेमिद्वारा प्रशिक्षण पाउनुको अतिरिक्त, उत्कृष्ट टिम र उत्कृष्ट खेलाडिहरुको लागि नगद पुरस्कारको पनि घोषणा गरिएको छ । छात्र तर्फको विजेताले रु.३ लाख पाउने छन् भने पहिलो, दोस्रो र तेस्रो रनर–अपले क्रमशः १ लाख ५० हजार, ७५ हजार र रु. ५० हजार नगद पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । छात्रा तर्फका विजेताले रु.२ लाख पाउने छन् भने पहिलो, दोस्रो र तेस्रो रनर–अपले क्रमशः १ लाख, ५० हजार, २५ हजार नगद पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । सबैभन्दा उन्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर र फर्वडको लागि व्यक्तिगत पुरस्कारको पनि व्यवस्था गरिएको छ । प्रतियोगीताभरि उदरणीय खेल भावना देखाउने खेलाडी र टिमको लागि कोका–कोलाले विशेष पुरस्कारको स्थापित गरेको छ ।
कोका–कोलाका कन्ट्रि मेनेजर आलोक कोहलीले भन्नु भयो, “कोका–कोला कपको लागि यो वर्ष हामी १०० भन्दा धेरै विद्यालयहरुमा पुग्न सकेको खुसी छौं । एन्फा र यसमा आवद्ध संघठनहरुको सहायताले अहिले कोका–कोला कपकमा १७०० भन्दा बढी फुटबल खेलाडिहरुले सहभागीता जनाएर आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । हामी नेपालमा भएको अत्यधिक प्रतिभा प्रति आशाबादी र विश्वस्त छौं कि कोका–कोला कपबाट, एन्फा एकेडेमिले धेरै खेलाडिहरु उत्पादन गर्नेछ र उनिहरुले पछि नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण