बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल सुरक्षित भएको सन्देश छर्दै अष्ट्रेलियामा मिलन

शुक्रबार, ०७ जेठ २०७३, १८ : ११
शुक्रबार, ०७ जेठ २०७३
युएई – सामाजीक कार्यमा सक्रिय लोक गायक मिलन लामा यतिवेला अष्ट्रेलिया छन् । त्यहाँ आयोजना गरीएका आधा दर्जन कार्यक्रममा सहभागी हुनका लागी उनीसंगै गायक सन्तोष लामा, गायिका ज्वती मगर, र हाँस्यब्याङ्यकार राजा राजेन्द्रसंगै छन् । तर गायक मिलन लामा भने नेपाली पोसाकमा घुम्न जाऔं नेपाल भन्दै यस्तै सन्देश छर्न ब्यस्त छन् । गत बर्षको बैशाकमा भुकम्पले नेपालको पर्यटकिय क्षेत्रमा प्रभाव परेको विश्वमा भ्रम भएको भन्दै उनले नेपाल सुरक्षित भएको सन्देश अष्ट्रेलियामा छर्दै छन् । आफ्ना फेसवुकमा भिडियो सार्वजनिक गर्दै आफु त्यहांका समुदायमा भिजिट नेपालको सन्देश छर्न ब्यस्त रहेको वताएका छन् । यसअघि गायक लामाले २०११ म नेपालले पर्यटन बर्ष मनाउदा नेपाल गीत गाएर विश्वसमुदायलाई नेपाल घुम्न आग्रह गरेका थिए । केहि महिनाअघि पनि गायक लामाले अमेरीकाको एक कार्यक्रममा जाँदा सडकबाटै नेपाल सुरक्षित छ भन्दै सन्देश दिने गरेको समाचार आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप