बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पीडितको समस्या सम्बोधन हुन सकेन

शुक्रबार, ०७ जेठ २०७३, १८ : १७
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौँ– सरकारले प्राकृतिक विपद्मा परेकाको समस्या सम्बोधन गर्न नसकेको पीडितले गुनासो गरेका छन् ।

महिला विकास र कानुन मञ्चले आज यहाँ आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थामाथिको छलफल कार्यक्रममा रामेछापका भूकम्पपीडित बाबुकाजी दाहालले विपद्को समयमा वितरण गरिएको राहत सामग्रीमा पनि राजनीतिक प्रवृत्ति हाबी भएकाले अझैसम्म थेरै पीडितले राहतको सामग्री प्राप्त गर्न नसकेको बताए ।

उक्त समयमा राहत वितरणका लागि गाउँ गाउँ पुगेका विभिन्न सङ्घसंस्थालाई समेत राजनीतिक दलले नै निर्देशन गरेकाले वितरणमा समस्या भएको दाहालले भने ।

कार्यक्रममा गृह मन्त्रालयका रामेश्वर दङ्गालले विपद्को समयमा सबैको भूमिका हुने हुँदा सबैले जे गर्न सक्छन् सोहीअनुरुप सहयोग गर्नुपर्छ भने ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतमले सरकारले अबका दिनमा विपद्लाई न्यूनीकरण गर्नका लागि जोखिमयुक्त स्थानको पहिचान गरी नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताए ।

मञ्चका अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले विपद्पछि सहयोग वितरण गर्दा पीडितको सही पहिचान गरिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप