ग्लोबल आइएमई बैंकको ९१ औँ शाखा बाग्लुङ्गको गल्कोटमा
काठमाडौं – ग्लोबल आइएमई बैंकले शुक्रबार बाग्लुङ्ग जिल्लाको गल्कोटमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन् । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाग्लुङ्ग जिल्लाको गल्कोट क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने उद्धेश्यले बैंकले आफ्नो शाखा बिस्तार गरेको बताए । सोही शाखा उद्घाटन समारोहमा त्यहाँ स्थित एटिएम काउण्टरको बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले उद्घाटन गरे ।
कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको पनि उपस्थिती रहेको थियो । गल्कोटमा खोलिएको नयाँ शाखासंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९१ र एटिएम संख्या ९६ पुगेको छ । हाल बैंकको ६४ अर्ब निक्षेप, ५७ अर्ब भन्दा बढि कर्जा प्रवाह, १० वटा राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन भने ग्राहक संख्या ६ लाख भन्दा बढि रहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण