मानवीय शिखर समेलनमा भाग लिन परराष्ट्रमन्त्री टर्की जाने
काठमाडौँ– संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनको आयोजनामा हुने विश्व मानवीय शिखर समेलनमा भाग लिन उपप्रधानमन्त्री कमल थापा शनिबार टर्कीको राजधानी इस्तानाबुल जाँदै छन् ।
परराष्ट्रमन्त्री थापाका साथ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र र गृह मन्त्रालयका उच्च अधिकारी तथा न्युयोर्क र जेनेभाका राष्ट्रसङ्घीय स्थायी प्रतिनिधि पनि प्रतिनिधिमण्डलमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विश्वको पहिलो सो शिखर समेलनले मानवता र मानवीय सिद्धान्तका विश्वव्यापकताप्रतिको प्रतिबद्धतालाई पुनः प्रेरणा र पुनर्जीवित गर्ने लक्ष्य लिएको छ । परराष्ट्रमन्त्री थापाले यही जेठ ११ देखि १३ सम्म इजरायलको भ्रमण गरी त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र त्यहाँका नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ । उनी जेठ १७ गते स्वदेश फर्कने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण