बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीलाइ बेपत्ता परिवारको प्रश्न, ‘हाम्रा आफन्त कहाँ छन् ?’

शुक्रबार, ०७ जेठ २०७३, १८ : ४४
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जेठ ७ गते शुक्रवार माओवादी कार्यालय पेरिशडाँडामा बेपत्ता योद्धा स्मरण दिवश आयोजना गरेको छ । तत्कालिन नेकपा माओवादीका केन्द्रिय सदस्य दण्डपाणी न्यौपाने, पत्रकार मिलन नेपाली र आकाशलाइ गिरफ्तार गरी बेपत्ता पारेको दिन पारेर बेपत्ता योद्धा स्मरण दिवशको आयोजना गरिएको हो । टुक्रिएको पार्टी एक बनेको भोलीपल्ट आफ्नै कार्यालय पेरिशडाँडामा आयोजना गरिएको कार्यक्रममा पार्टी एकताको उपलक्ष्यमा बधाइ साटिरहेका शहीद र बेपत्ता परिवारको बाक्लो उपस्थिती रहेको थियो ।

कसले के बोले ?

गोपाल न्यौपाने, बेपत्ता योद्धा डण्डपाणी न्यौपानेको छोरा । - केपी सरकारलाइ मेरो प्रश्न छ हाम्रा आफन्तहरु नगुमेको भए तपाइ गणतन्त्र नेपालको प्रधानमन्त्री बन्नुहुन्थ्यो ? हाम्रा आफन्तहरु कहाँ छन् ? - हाम्रो पार्टी सरकारमा भैरहँदा पनि के हामी हाम्रा माग पुरा गराउनको लागि भद्रकाली या नक्सालमा धर्ना बस्न जानुपर्ने हो ? - हाम्रा शहीद र बेपत्ताहरु महान हुन् । हामी रोइ कराइ गरिरहेका छैनौ बरु उनीहरुको बलिदानीमा गर्वको महशुष गरिरहेका छौं । यस मानेमा गर्ब गरिरहेका छौं कि हाम्रा परिवारका सदस्यले यो देशको सामन्ती व्यवस्था परिवर्तन गर्नकोलागि आफूलाइ बलिदान गरेका हुन् । उनीहरुको बलिदान यत्तिकै खेर नजाओस । तिनका परिवारको बिचल्ली नहोस ।

रुवी श्रेष्ठ बेपत्ता परिवारको सदस्य, - शहीद र बेपत्ताको सपना पुरा भएको छैन । तिनका परिवारको बिचल्ली भएको छ । पार्टी कार्यकर्ता लेवलमा मात्र होइन जनताको लेवलमा पनि ठूलो बनाउन जरुरी छ । - बेपत्ता परिवारलाइ दयाको पात्र नवनाउनुस । तिनलाइ सहयोग गर्नुहोस । - जो गाँउका कुना काप्चामा रोइरहेका छन् आफ्ना आवाज बोल्न सकिरहेका छैनन् तिनलाइ मूलधारमा ल्याउनुपर्छ ।

रामबहादुर थापा बादल, नेता नेकपा माओवादी केन्द्र - नयाँ संकल्प गरौं । नयाँ पार्टीको सदस्यको हैसियतले हाम्रा कुरालाइ अगाडि बढाउने प्रतिबद्धता हामी सबैले गरौं । - सामन्ती एकाधिकार अन्त्य गर्नको लागि कत्ति कमरेडहरुले बलिदान गरेका थिए । हाम्रो आन्दोलन एउटा महान अभियान थियो । जेलनेल भोगेका कमरेडहरु कति फर्केर आए कति बेपत्ता पारिए । - सामन्तीहरुले, हाम्रा बिरोधीले हाम्रो अभियानलाइ निमिट्यान्न पार्नको लागि साम दाम दण्ड भेद सबै अस्त्र प्रयोग गरेका थिए । बेपत्ता पार्ने कुरा सबैभन्दा क्रुर अस्त्र हो । सबैभन्दा अमानवीय अस्त्र हो । - आफ्नो परिवारका सदस्यको बेपत्ता पारिँदाको घाउ र पीडाले दिने दुःख निकै लामो समयसम्म रहन्छ । जनयुद्ध सकिएको १० बर्षसम्म पनि हामी ति बेपत्ता योद्धाको अवस्था थाहा पाउन नसकेर छट्पटिइरहेका छौं । - हाम्रा कमरेडहरु आफूलाइ बेपत्ता पार्न तैयार भए । तर आफ्ना नेतालाइ बचाए । आन्दोलनलाइ बचाए । उनीहरु त्यति धेरै इमानदार र महान थिए जो आफ्नो बर्गप्रति इमान्दार भएरै बर्षौंसम्म बेपत्ता हुन बाध्य छन् ।

- यो फगत औपचारिकता निर्वाह गर्ने कुरा मात्र होइन । हामी आज एकै ठाँउमा आइपुगेका छौं । अव हामीले यस्तो संकल्प गरौ. कि अब कहिल्यै कसैले कसैलाइ बेपत्ता पार्न हिम्मत नगरोस ।

- हाम्रा सपना पुरा भएका छैनन् । हाम्रो क्रान्ति पुरा भएको छैन । परिबर्तनको हाम्रो अभियान गन्तव्यमा पुगेको छैन ।

मात्रिका यादव :

बेपत्ताको स्थिती सार्बजनिक गर्नको लागि गृहमन्त्रालय कि प्वाइन्ट हो । किन हाम्रा मन्त्रिले केही पहल गर्न सक्दैनन् ?

- आफ्नो ज्यान गुमाएर पनि उनिहरुले हामीलाइ बचाएका थिए । आपहामीले एउटा प्रतिबद्धता गनmू मरे पनि यि नेताले हाम्रो परिवारको, हाम्रो बर्गको मुक्ति गर्नेछन भन्ने तिनलाइ लागेको थियो । के हामीले तिनले सोचेको जस्तो गर्न सक्यौं ? गम्भिर भएर समिक्षा गरौं । - शहिद परिवारको बेपत्ता परिवारको घरमा गएर खाना खाऔंं । चामल छैन भने बरु चामल बोकेर भएपनि तिनकै घरमा गएर मात्र खाना खाऔं । अब एउटा प्रतिबद्धता गरौं । प्रचण्ड, अध्यक्ष नेकपा माओवादी केन्द्र - सबभन्दा बढी बेपत्ता काठमाडौंमा पारेको थियो । त्यस्तै बर्दियामा पनि धेरै नै बेपत्ता पारेको थियो । हामीले ति परिवारको लागि जे जति गर्न सक्थ्यौं, त्यति पनि गर्न सकिएन । आजको दिन हामीले पश्चाताप गर्ने दिन पनि हो - एकतिर यो पश्चाताप र आउने दिनको लागि प्रतिबद्धता गर्ने दिन हो । - पार्टी एकताको कुरा टाउका मात्र जुटाउने कुरा होइन । नितान्त नयाँ बिचार , नयाँ अनुभव बाट भएको छ । एकता नयाँ क्रन्तिको थालनी पनि हो । नयाँ संकल्प र अठोटले भरिएको नयाँ अभियान को लागि हाम्रो एकता भएको हो । - अव हामी पुराना गल्ती कमजोरी दोहोर्याउने छैनौ । हामी गाँउमा जानेछौं । संगठन गर्नेछौ. । - गाँउ जाँदा हाम्रा शहीद परिवार, बेपत्तापरिवार, घाइतेअपांगका घरमा जाने छौं । तिनको कुरा सुन्ने छौं र तिनको लागि के गर्न सकिन्छ भन्ने सोचेर र सल्लाह गरेर मात्र हामी हाम्रा नियमित काम गर्नेछौ. । - क्रान्ति पुरै बिजय या पराजय बाट आएको भए चिज अर्कै हुने थियो । तर हामी बिचको अवस्थावाट आएका हौं । सम्झौताको अवस्थावाट आएका हुनाले हामी धेरै गर्न त सकेका छैनौ तर हाम्रा एजेण्डालाइ जताततै हावी गराउन सक्ने तागत हामीसँग छ । - आउने छ महिनामा हामी नयाँ ठाँउमा उभिनेछौं । एकतामा ठूलो बल हुन्छ । एउटा संकल्प त हामीले गर्यौं अब भौतिक रुपमा पनि एउटा त्यस्तो शक्ति हामीले बनाउनेछौ. जसले जनताको घर आँगनमै गएर काम गर्नेछ । - हामी फूटेको हुनाले हाम्रा बिरोधीले हाम्रा कुरा एक कानले सुनेर अर्को कानले उडाइदिने गरेका थिए । अब हामी जसरी भएपनि हाम्रा कुरा लागु गराएरै छाड्नेछौं । - १० लाख रुपैंया मध्ये ५ लाख सबै परिवारले पाएका छन् । - शहीद बेपत्ताका सपना पुरा हुनेहो भने हाम्रो आत्मसन्तुष्टि छ भनेर शहीद परिवारले भनेका छन् । यो हाम्रो लागि प्रेरणा हो । - क्रान्तिका बाँकी कार्यभार अधिकतम तरिकाले कसरी पुरा गर्न सकिन्छ । भन्न्ो बारेमा हामी केन्द्रित छौं । धेरै ठूलो पीडा र मर्म हामीले भोगेर आएका छौं । रुपान्तरणको नयाँ शुरुवात गरौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप