उपाध्यक्ष शुनलाई लुम्बिनीमा भव्य स्वागत
भैरहवा– बुद्धिष्ट एशोसियसन अफ चाइनाका उपाध्यक्ष यीन शुनलगायतको चिनियाँ टोलीलाई गौतमबुद्ध विमानस्थल भैरहवामा भव्य स्वागत गरिएको छ । लुम्बिनीमा शनिबार आयोजना हुने बुद्धजयन्ती समारोहमा सहभागि हुन आएका उपाध्यक्ष शुनसहितको टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीका पदाधिकारीले पञ्चकन्यासहित शुक्रबार विमानस्थलमा स्वागत गरेका हुन् ।
सुनलाई स्वागत गर्न समाजका अध्यक्ष नारायणप्रसाद सापकोटा लगायतका पदाधिकारी र कार्यसमिति सदस्य विमानस्थल पुगेका थिए । स्वागत ग्रहणपछि संक्षिप्त मन्तव्य राख्दै उपाध्यक्ष शुनले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धिज्मको सुरुवात पनि लुम्बिनीबाटै भएकाले लुम्बिनी संसारभरका वौद्धमार्गीका लागि आस्थाको धरोहर भएको बताए । गौतम बुद्ध र बुद्धिज्मकै कारण नेपाल र चीनबीच उच्चस्तरको सम्बन्ध विस्तार भएको उनको भनाई थियो ।
उपाध्य शुनले संसारका बुद्धिष्ट संगठन र बौद्ध धर्मालम्बीहरुले जीवनमा एकपटक लुम्बिनीको भ्रमण गर्नैपर्र्ने आग्रह गरे ।
नेपाल–चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीन नेपालको अति हितैषी मित्र राष्ट्र भएको चर्चा गर्दै सदियौंदेखि कायम नेपाल चीनबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई जनस्तरबाट अझ प्रगाढ बनाउन समाज क्रियाशील रहेको बताए ।
सो अवसरमा समाजका महासचिव मनिषकुमार जोशी, सचिव दीपक गलामी, कोषाध्यक्ष जनक पन्त,सदस्य डा. गितु गिरी, नारायणप्रसाद भण्डारी,गिरिश त्रिपाठी,सचिन रोक्का, सानु सापकोटालगायतले उपाध्यक्ष शुनलाई स्वागत गरेका थिए । उपाध्यक्ष शुन काठमाडौंमा आयोजित बौद्ध सम्मेलनका विशिष्ट सहभागी र वक्ता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण