बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खाम्सेपानी रातडाँडा सडकलाई १० करोड

शुक्रबार, ०७ जेठ २०७३, १९ : २४
शुक्रबार, ०७ जेठ २०७३

गुल्मी–गुल्मीको साविकको अर्खले गाविसदेखि हस्तीचौरको रातडाँडा जोड्ने सडक विस्तारका लागि आज अर्थ मन्त्रालयबाट १० करोड रुपैयाँ स्वीकृत भएको जनाईएको छ ।

खाम्सेपानी भुवनपानी तल्लाखर्क रातडाँडा सडकका लागि आज अर्थ मन्त्रालयबाट १० करोड रुपैयाँ स्वीकृत भएको नेपाली कांग्रेस गुल्मीका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

‘वहुवर्षीय योजनामा पार्नका लागि ९ महिना अघिदेखि अर्थ मन्त्रालयमा कागज पेश गरिए पनि सो मन्त्रालयले आनाकानी गरेको थियो’– सचिव पन्थीले भने– ‘आज गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीको पहलमा वहुवर्षीय योजनामा पार्न सफल भईएको छ ।’

उनले खाम्सेपानीदेखि रातडाँडासम्मको १० किलोमिटर सडक दुई वर्ष भित्रमा कालोपत्रे समेत हुने बताए । गत वर्ष ५० लाख पारेर काम सुरु गरिएको उक्त सडकले अर्खलेवासीलाई उत्तर र पश्चिमको यात्रा गर्न सुविधा हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप