बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मातृभाषा पत्रकारिता दिवस मनाइयो

शुक्रबार, ०७ जेठ २०७३, १९ : २९
शुक्रबार, ०७ जेठ २०७३

ललितपुर – नेपाल भाषाको पत्रकारिता शुरुवात भएको ९० वर्ष पुगेको सन्र्दभमा शुक्रबार मातृभाषा पत्रकारिता दिवस मनाइएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दवुले विविध कार्यक्रम आयोजना गरी सो दिवस मनाएको हो । नेपाल संवत् १०४५, वि.सं. १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुवात भएको थियो ।

यही पत्रिका सम्भवतः गैर–नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिलेसम्मको अध्ययनले प्रमाणित गरेकोले मातृभाषा पत्रकारिता दिवस मनाइएको नेवाः पत्रकार राष्ट्रिय दवुका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताए ।

यस अवसरमा धर्माचार्यको जीवनीसँग सम्बन्धित विभिन्न ऐतिहासिक दस्तावेजहरु र उनले निकालेको पत्रिकाका विभिन्न अंकहरु प्रर्दशनी गरिएको थियो । त्यसैगरी ललितपुरको पुल्चोकस्थित धर्मादित्य धर्माचार्य (जगतमान वैध) को सालिकमा माल्यार्पण गरी प्रभात फेरी आयोजना गरियो ।

पुल्चोकबाट शुरु भएको प्रभात फेरी गाबहाल, मंङ्गलबजार, च्यासल हुँदै भोलाखेलस्थित ज्यापू प्रज्ञा भवनमा समापन भएको थियो । सो ¥याली नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल मधेशी पत्रकार समाज र पत्रकारिता संग सम्बन्धित विभिन्न संघसस्थाहरुको सहभागिता रहेको थियो ।

समारोहमा वक्ताहरुले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसुचित हुने हक रहेको बताउँदै सहभागी वक्ताहरुले त्यसको प्रत्याभूति गर्न राज्य तत्पर हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप