तीन कोइराला चढेको गाडी बिपी सङ्ग्रालयमा राखिने
नेपालगन्ज– नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री जननायक स्व विश्वेरप्रसाद कोइराला, स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइराला चढेको बा१च ६०५७ नंको निजी मोटर जिप बिपी सङ्ग्रहालय, काठमाडौँमा राखिने भएको छ ।
बिग्रेको अवस्थामा नेपालगन्जमा रहेको सो मोटर नेपाली काँग्रेस, बाँकेका अध्यक्ष किरण कोइरालाले सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेललाई आज यहाँ आयोजित समारोहमा हस्तान्तरण गरे ।
सो जिप र नेपाली काँग्रेसले क्रान्तिका समयमा २०३० जेठ ३० गते अपहरण गरेको दुर्घटनाग्रस्त हवाइ जहाजको भग्नावशेष पनि आज यहाँबाट ट्रकमा राखेर सङ्ग्रहालयका टोलीद्वारा काठमाडौँ लगिएको छ ।
जहाज सङ्ग्रहालयबाट यहाँ आएको टोलीले नेपाल वायुसेवा निगम क्षेत्रीय कार्यालयका निर्देशक किरणमान श्रेष्ठबाट बुझेको थियो ।
चालीस वर्ष नेपाली आकाशमा उडेर २०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा सो जहाज दुर्घटनाग्रस्त भएपछि त्यसको भग्नावशेष यहाँस्थित नेपाल वायुसेवा निगमको प्राविधिक क्षेत्रको गोदाममा राखिएको थियो ।
त्यसअवसरमा आयोजित समारोहमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जहाज अपहरण गर्नु गलत भए पनि क्रान्तिको आवश्यकता थियो भने ।
उनले नेपाली काँग्रेसका पूर्वसभापतिले देखाएको बाटोमा अहिलेका नेता, कार्यकर्ता हिँड्नुपर्नेमा जोड दिँदै इतिहासलाई बिर्सने कालान्तरमा समाप्त भएर जाने धारणा राखे ।
“संविधानले लोकतान्त्रिक व्यवस्थाको बाटो समाएकाले यो उत्कृष्ट छ, केही कुरा संविधानमा छुटेका छन् भने आपसी समझदारीबाट सच्याउन सकिन्छ”– भने ।
बाँके काँग्रेसका जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जहाज अपहरणकर्ता वसन्त भट्टराईले जहाज अपहरण निरङकुश पञ्चायती व्यवस्था अन्त्यको एक महत्वपूर्ण कडी भएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण