संविधान कार्यान्वयनसँगै समृद्ध राष्ट्र निर्माण अबको आवश्यकता : सञ्चारमन्त्री राई
काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकार संविधानको कुशलतापूवर्क कार्यान्वयन गर्न र समृद्ध राष्ट्र निर्माणका लागि गम्भीरतापूर्वक अघि बढिरहेको बताएका छन् ।
भोजपुरे सेवा समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री राईले मधेसी मोर्चाको जायज मागको समाधानका लागि सरकार गम्भीर रुपमा लागिरहेको र त्यसका लागि वार्ताको वातावरण तयार भइरहेको जानकारी गराए ।
नेपाली जनताको चाहना अनुरुपको संविधान जारी भइसकेकाले अब राजनीतिक दल र सम्पूर्ण नेपालीको एकताले मात्र जारी संविधान कार्यान्वयन हुन सक्ने भन्दै त्यसका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भोजपुरमा जन्मेर देशलाई योगदान दिनुभएका धनहर्क राई, चन्द्रकुमार घिमिरे, महेशराज दाहाल र दुर्जकुमार राईलाई समाजले सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष पासाङ दोर्जे शेर्पाले विकट जिल्लामा जन्मेर पनि देशका लागि योगदान पु¥याउने सबैलाई धन्यवाद दिँदै बाँकी दिनमा पनि सकारात्मक सोंचका साथ अघि बढ्नका लागि जिल्लावासीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण