बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दूरसंचार प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौता

शुक्रबार, ०७ जेठ २०७३, २० : ०७
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौं–नेपाल प्रहरीलाई साइबर सुरक्षा तथा डिजिटल फरेन्सिकको क्षेत्रमा सबलीकरण गर्न साधन सम्पन्न बनाउने उद्देश्य अनुरुप नेपाल दूर संचार प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी अक्तिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र दूर संचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा स्थापना भएको डिजिटल फरेन्सिक ल्याबलाई आधुनिकिरण गर्न, कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्न तथा आवश्यक हार्डवेयर र सफ्टवेयर उपकरण खरिद गर्नका लागि दूरसंचार प्राधिकरणबाट नेपाल प्रहरीलाई १ करोड रुपैयाँ उपलब्ध गराउने लगाएतका विषयहरु सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप