हतियार व्यापार सन्धि अनुमोदनको माग
काठमाडौँ– मुलुक र समाजलाई आपराधिक गतिविधिबाट मुक्त तुल्याउन हतियार उत्पादन, बिक्री वितरण र प्रयोगमा नियमन गर्नुपर्नेमा जोड दिइएको छ ।
पच्चिस सय ६०औँ बुद्धजयन्तीको अवसर पारेर आज यहाँ आयोजना गरिएको हतियार व्यापार सन्धिसम्बन्धी राष्ट्रिय संवादका वक्ताले शान्ति, समृद्धि र समतामूलक समाज निर्माणका लागि हतियार व्यापारसम्बन्धी सन्धि अनुमोदन गरिनुपर्ने धारणा राखे ।
हातहतियार र लागुऔषधको ओसारपोसार तथा मानव बेचबिखन ठूला सञ्जाल भएका अपराध हुन् भन्दै उनीहरुले हतियारको खरिद बिक्रीबाट शान्तिसुरक्षा र कानुनी राज्यमा असर पुग्न सक्नेतर्फ समग्र समाज सचेत रहनुपर्छ भने । नेपालमा वार्षिक रुपमा ३५० को हाराहारीमा साना हतियारसँग जोडिएका घटना हुने गरेको तथ्याङ्क रहेको जनाइएको छ ।
नेपालका आरनमा बनेका हतियार चलाउनेहरु समातिने तथा थुनामा पर्ने गरे पनि इटाली र इजरायलमा बनेका हतियार पड्काउनेहरु भने समातिए पनि छुट्ने प्रवृत्ति नहटेसम्म शान्ति र समृद्धिलाई सधँै चुनौती रहिरहने उनीहरुको भनाइ थियो ।
सो अवसरमा प्रा डा सूर्यलाल अमात्यले ठूलो सङ्ख्यामा हतियार उत्पादन गर्ने र त्यतिकै परिमाणमा हतियार खपत गर्ने मुलुकका बीचमा रहेको नेपाल त्यस्ता गतिविधिबाट अलग रही शान्ति प्रवद्र्धनको पक्षमा उभिनुपर्छ भने ।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालले हतियार उत्पादन गर्नेसँग काँध मिलाउने तथा अनुसरण गर्ने नभई शान्ति, समृद्धि र समतामूलक समाज निर्माणका लागि हतियार खरिद बिक्रीबाट अलग रहनुपर्ने विचार प्रकट गरे ।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले मुलुकमा साना हतियारको व्यवस्थापन र नियमनमा सुधारको खाँचो औँल्याए ।
समाजशास्त्री एवम् सांसद गणेशमान गुरुङले समाजलाई त्रास, भय र आतङ्कबाट मुक्त तुल्याउन हतियारको नियमन गर्न आवश्यक रहेको भनाइ प्रस्तुत गरे ।
सांसद महेन्द्रबहादुर शाहीले मुलुकमा बेरोजगारी समस्याले पनि युवालाई अपराधमा संलग्न गराउने आधार तयार गरेको बताए । सांसद डा डिम्पलकुमारी झाले नेपालमा हातहतियारको प्रयोग मनोमानी ढङ्गबाट भइरहेको धारणा राख्नुभयो । सांसद वीरबहादुर बलायरले राजनीतिभित्र विलासिता खोज्ने प्रवृत्तिले पनि कानुनी राज्यको सिद्धान्तलाई चुनौती दिँदै आपराधिक घटनालाई मलजल गरिरहेको भनाइ प्रस्तुत गरे ।
प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थले सुरक्षा निकायको प्रभावकारी संयन्त्रको कारण लामो समयसम्म द्वन्द्वमा रहेको मुलुकमा साना हतियारको प्रयोगमा असरदार रुपमा नियन्त्रण गर्न सफल भएको टिप्पणी गरे । सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक वंशी दाहालले मुलुकमा भर्खरै राष्ट्रिय सुरक्षा नीति निर्माण भएको हुँदा राज्यले निर्देश गर्ने नीतिका आधारमा सङ्गठनले सुरक्षा अवधारणा अघि सार्ने धारणा व्यक्त गरे ।
नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिह बस्नेतले शान्ति सुरक्षाको विषयलाई दलगत रुपमा नहेर्न सबैलाई सुझाव दिए ।
आयोजक संस्था वल्र्ड पिस डेमोक्रयाटिक नेपालका अध्यक्ष शोभा श्रेष्ठले शान्तिलाई खलल तुल्याउने र मानवको हत्यनमा साना हतियारको प्रयोग नहोस् भन्नाकन लागि हतियार व्यापार सन्धि अनुमोदन आवश्यक छ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण