विश्व कर्तिमानी ल्हाक्पाका दुःख : श्रीमानसँग डिर्भोसपछि अमेरिकामा गुमनाम जीवन
सङ्खुवासभाकी ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल आहारोहण गरेकी हुन् । तर, उनको जीवनको भने फरक पाटे पनि रहेको छ ।
सगरमाथा आरोहण गर्ने तयारी गर्दैगर्दा उनीसँग ‘म भित्राभित्रै निकै दुखी छु । तर म मानिसहरुलाई दुख देखाउन चाहन्न ।’– उनले थपिन् –‘ म सधैँ खुसी र सुखी देखिन्छु ।’ ग्रेसन स्काफरले भित्री दुख खोतल्न चाहे । उनी दुख साट्न तयार भइन् ।
१८ वर्षका छोरा निमा शेपा कनेक्टीकट राज्यस्थित हार्टफोर्ड शहरको सामूदायिक कलेजतर्फ लागेपछि ल्हाक्पा शेर्पा दुई छोरीका लागि ब्रेकफास्टमा स्यान्डविच बनाउने काम गर्छिन् । ल्हाक्पा सधैँ आफ्नो मोबाइललाई अन राख्छिन् र सधैँ सतर्क रहन्छिन् । उनलाई नजिकैको एक आश्रयस्थल जहाँ घरेलु हिंसाको शिकार भएकाहरु बस्छन् । त्यस स्थलकी एक महिलाले सतर्र्क रहन भनेकी छिन् ।
उनको दैनिक रुटिन उनका श्रीमान् भर्खरै पूर्व श्रीमान् बनेकालाई राम्ररी थाहा छ । उनले भर्खरै मात्र आफ्नो डिभोर्स प्रक्रिया सकेकी छिन् । १२ वर्षसम्म उनी रोमानियन– अमेरिकनसँग वैवाहिक सम्बन्धमा थिइन् । उनका पूर्व श्रीमान् जर्ज डिज्मारेस्क्यू ५५ वर्षका भए र उनी ९ पटकका सगरमाथा आरोही हुन् । उनी घर निमार्णको ठेक्का लिन्छन् । श्रीमान्ले कुटपीट गर्न थालेपछि उनले डिभोर्स दिएकी थिइन् ।
ल्हाक्पा अमेरिकाको स्थायी बासीन्दा हुन् । उनी कार्ड लिने प्रक्रियामा छिन् । अहिले उनीसामू अमेरिकी युवतीहरुको हेरचाह गर्ने जिम्मेवारी छ । उनीका पूर्व श्रीमान्माथि अझै उनीमाथि गरेको आक्रमणको मुद्दा चलिरहेको छ ।
उनी पहिलो मुद्दामा दोषी पाइए र त्यसपछि उनले ६ महिनासम्म जेलमा बिताउनुपर्यो । डिज्मारेस्क्यूले उनलाई धम्की दिएका थिए – ‘यदी उनले छोरीहरुलाई अन्यत्र लगिन् भने पहिला उनको हत्या हुनेछ र त्यसपछि बाँकी दुई छोरीको र त्यसपछि मेरा आफ्नै आत्महत्या ।’
डिज्मारेस्क्यूले ल्हाक्पाले आफ्ना छोरीहरुलाई आफूविरुद्ध उतारेको भन्दै अदालतमा भूmठ बोलेको बयान दिएका थिए । तर अन्तत अदालतले दुई छोरीलाई ल्हाक्पासँगै राख्न दिने निर्णय गरेको छ । उनीहरु एकपटक स्कुलमा छदाँ उनी आफ्ना दुई जागिर (इन–होम हेल्थ केयर सर्भिसका लागि हाउसकिपिङ र ७–इलाभेनमा क्यासियर) मा काम गर्न व्यस्त थिइन् । दुईवटा जागिरबाट उनलाई जम्मा ४ सय डलर प्रतिहप्ता मिल्थ्यो । दुबै पेशाबाट उनलाई सन्तुष्टी थिएन ।
नेपाल नागरिकता अनुसार ल्हाक्पाको उमेर केवल ४३ वर्ष छ । उनको वास्तविक उमेर भने ४० पुग्न लाग्यो । उनी पनि एक आरोही हुन् । उनले ६ पटक सगरमाथा चढेकी छिन् । उनी विश्वमै सर्वाधिक धेरैपटक सगरमाथा चढ्ने महिला हुन् । ६ वटा आराहेणमध्ये ५ वटा आरोहणका लागि उनलाई पूर्व श्रीमान् डिज्मारेस्क्यूले नै प्रबन्ध मिलाईदिएका थिए ।
सन् २००० मा उनी सगरमाथा चढेर जीवितै तल फर्कने पहिलो नेपाली महिला बनिन् । सन् २०१० मा उनी क्याम्प ३ सम्म पुगेकी थिइन् । केटु मा दुई दिन बसेपछि मौसम खराबीका कारण उनले आरोहण रद्ध गरिन् ।
उनको आरोहण क्षमतालाई लिएर केही व्यक्तिहरु प्रभावित छन् । गुगलको विकिपेडियामा एभरेस्ट रेकर्ड खोज्ने हो भने सगरमाथा आरोहण गर्ने पहिलो जुम्ल्याहाको किर्तिमान पनि उल्लेख छ । तर ल्हाक्पाको नाम त्यहाँ उल्लेख छैन् । सन् २०१३ मा इएसपिएन डटकमले लेखेको एक लेखमा ५ पटककी आरोही मेलिसा अर्नोट सबैभन्दा उत्कृष्ट महिला गैर शेर्पा महिला आरोही रहेको उल्लेख थियो । त्यसै लेखमा ल्हाक्पा शेर्पा नाम गरेकी एक आरोहीले ४ देखी ६ पटकसम्म सगरमाथा आरोहण गरेकी छिन् भनेर लेखिएको थियो ।
अर्नोट भन्छिन्–‘मलाई थाहा छैन किन कसैले उनलाई चिन्दैनन् । जब मैले नेपालीहरुलाई सोधे तब थाहा पाए धेरैलाई उनका विषयमा थाहा रहेनछ । सन् २०११ मा मकालू आरोहण गर्न जादैँ गर्दा मेरो उनका बाबुसँग भेट भएको थियो । तर मैले ल्हाक्पाका विषयमा थाहा पाएँ ।’– यसै वर्ष फेरि सगरमाथा चढ्ने तयारी थालेकी अर्नोटले केही समयअघि लेखेकी थिइन् ।
ल्हाक्पाको दुखले के देखाउँछ भने शेर्पाहरु अझै पनि अन्य आरोहीहरुलाई सगरमाथा चढाउने मानव मेसिनकै रुपमा सिमित भएका छन् । तर ल्हाक्पाको दुख यत्तिमै सिमित छैन् । सन् २००४ पछि उनी पत्रकारहरुसँग कुरा गर्न डराउँछिन् । त्यही वर्ष उनलाई डिज्मारेस्क्यूले सगरमाथाको उत्तरी मोहडास्थित बेस क्याम्पमा टाउकोमा प्रहार गरेका थिए । चीनको स्वायत्त क्षेत्र तिब्बतमा भएको यस घटनालाई डिज्मीरेस्क्यूले सेल्म–डिफेन्स भन्दै टारेका छन् । त्यतिबेला उनको मुखबाट रगत नै आएको तस्विर साक्षी छ । उनलाई केही साथिहरुले टेन्टमा उठाएर लगेका थिए ।
यस घटनापछि ल्हाक्पाले आफ्ना उपलब्धिहरुलाई लुकाएरै बस्न रुचाइन् । उनले आरोहणका ६ वटा डिप्लोमा सर्टिफिकेटहरुलाई गोप्य रुपमै लुकाएर राखेकी छिन् । ल्हाक्पाले तीन सरकारबाट ५ र नेपाल सरकारबाट १ प्रमाणपत्र हासिल गरेकी थिइन् ।
अब ल्हाक्पा फेरि सातौ आरोहणका लागि तयार छिन् । सगरमाथासँग तोडिएको १० वर्ष पुरानो सम्बन्धलाई फेरि गाँस्दै उनी गत वर्ष आरोहणका लागि तयार भएकी थिइन् । उनी बेस क्याम्पसम्म त पुगिन् । तर भूकम्पपछि आरोहण स्थगित भयो । यसपटक उनी पुन अर्को आरोहणका लागि तयार छिन् ।
अमेरिकाको हार्टफोर्डमा आफ्ना दुई छोरी ( एउटी ८ र अर्की १३ वर्षकी) पढाइमा व्यस्त रहदाँ उनी कफी बनाउन व्यस्त थिइन् । ल्हाक्पाको जन्म मकालू क्षेत्रको बालाखर्क गाउँमा भएको हो । ‘शेर्पा समूदायकी राखिन् हुन् ल्हाक्पा’– आरोही डेभ वाट्सनले उनको वर्णन गर्दै भनेका छन् । सन् २००४ मा सार्वजनिक झगडाका कारण स्थगित हुनअघिको आरोहणमा डेभ ल्हाक्पा र डिज्मारेस्क्यूसँगै थिए । सन् २००५ मा टाइम्स अफ लण्डनका रिर्पोटरले उनको सहयोगी भावनाको कदर गर्दै भनेका थिए –‘ एभरेस्टको उत्तरतर्फको बेस क्याम्पमा ल्हाक्पाले मलाई आफ्नो फोल्डिङ चियरमा राखेकी थिइन् । उनले त्यतिबेलै मलाई उनको नयाँ साहसिक यात्राको बारेमा लेख्न अनुरोध पनि गरेकी थिइन् ।’
ल्हाक्पाका बाबुआमा अहिले मकालू क्षेत्रमा थुप्रै चियापसलहरु चलाउँछन् । उनका दाजू मिङमा गेलू शेर्पाले ८ पटक सगरमाथा आरोहण गरिसकेका छन् । मिङमा अहिले काठमाडौँस्थित सेभेन समिटर्स क्लबका निर्देशक छन् । ११ दाजूभाई र दिदीबहिनीमध्येकी एक ल्हाक्पा मकालूमै हुर्किएकी थिइन् । उनी बच्चामा टमब्वाई स्वभावकी थिइन् । ‘म फरक शैलीको थिएँ । मेरो ७ दिदीबहिनी छन् । तर मेरो मामाले सधैँ मलाई छोराजस्तै देखिन्छौ भन्थे । उनले मलाई सधैँ तिमीले छोराले जस्तै काम गर्छौै भने ।’ ७० दशकको अन्त्य र ८० को सूरुआतमा हुर्केका अन्य थुप्रै शेर्पा महिलाले जस्तै उनले पनि कुनै औपचारिक अध्ययन गरिनन् । उनको परिवार टे«किङ र आरोहण पेशामै आबद्ध थियो । उनले अन्य पूरुषहरुले झैँ १५ वर्षको उमेरबाटै भारी बोक्ने काम सूरु गरिन् । सूरुआतमा मकालू चढ्न आउनेहरुका लागि उनले किचेनमा काम गर्थिन् । बिस्तारै उनले भारी सामानहरु बोक्ने र टेन्ट मिलाउने काम सूर गरिन् । हिउँमा उनी २५ देखी ५० पाउन्डका भारी समेत बोकेर हिड्ँथिन् ।यसरी भारी बोक्ने काम सूरु गरेको अर्को वर्ष नै उनले आरोहणमा पाइला चालिन् । यसका लागि उनले ६ हजार मिटरका मिरा र याला नामक दुई शिखरहरुमा प्रयास गरिन् । सगरमाथा चढ्नुअघिको अधिकांश आरोहीहरुले यि हिमाल चढेर आफ्नो आरोहण यात्रा सूरु गर्छन् । शेर्पा भएका कारण उनलाई आरोहणको अनुमति चाहिएको थिएन । त्यस्तै, परिवार नै आरोहण पेशामा आबद्ध भएका कारण आरोहण सामाग्री जुटाउन समेत उनलाई अफ्टेरो भएन ।
सन् १९९० मा काठमाडौँमा बस्दै गर्दा उनको कसैसँग प्रेम परेको थियो । त्यही छोटो प्रेम सम्बन्धको उपजका रुपमा छोरा निर्मा शेर्पा अहिले उनीसँग छन् । निमा अहिले अमेरिकाको स्थायि बासिन्दा भइसके र उनी इन्जिनियरिङ तथा विज्ञानका राम्रा विद्यार्थी हुन् । काठमाडौमै बस्दै गर्दा उनले आफ्ना साथिमार्फत प्रधानमन्त्रीको कार्यालयमा चिट्ठी पठाइन् । पासाङ ल्हामूको निधनपछि कुनै पनि नेपाली महिलाले सगरमाथा चढ्न पाएका थिएनन् । ल्हाक्पाले सरकारसँगै दर्जनौँ प्रयोजकलाई समेत आवश्यक रकम उपलब्ध गराउनका लागि अनुरो्ध गरिन् । ‘त्यतिबेला उनीहरु सबै डराएका थिए ।’– रोमान्चकारी विगत सम्झदै ल्हाक्पा भन्छिन्–‘ र म मैलेँ भने म सगरमाथा चढ्न चाहन्छु । यो मेरो सपना हो ।’
सन् २००० मा नेपाली वोमन मिलिनियम एभरेस्ट एक्सपिडिशनले दक्षिणी मोहडामा आफ्नो बेस क्याम्प बनायो । ‘ल्हाक्पाले लाङटाङ र मनाङ क्षेत्रमा आईस क्लाइम्बिङको थुप्रै प्रशिक्षण लिएकी थिइन् ।’ उनका भाई मिङमा गेलू भन्छन् –‘अरु महिलाहरुले पनि तयारी गरेका थिए । तर उनीहरुले मेरी दिदीमा नेतृत्व गर्नसक्ने संभावना देखे ।’
तर मुख्य आयोजकसँग विवाद निम्तिएपछि आरोहणको कुरा सेलायो । उक्त टिममा रहेका ६ जना महिलामध्ये ल्हाक्पामात्रै मकालू क्षेत्रकी थिइन् । बाँकी ५ महिला खुम्बु क्षेत्रका थिए र पूरुष शेर्पाहरु पनि खुम्बु क्षेत्रकै महिलाले सगरमाथा चढ्नुपर्छ भन्ने मान्यतामा थिए । ‘ उनी साँच्चै फरक व्यक्ति हुन् ।’– डटर्स अफ एभरेस्ट नामक वृत्तचित्रकी एक निर्माता रम्यता लिम्बू भन्छिन् –‘उनी बेस क्याम्पको राजनीति र हल्लाबाट चिसिएकी थिइन् किनकी उनका लागि यो मिसन गर या मरको थियो ।’
कैयन अवरोध र कठीन बाटोकधा बाबजुद उनले यात्रा जारी राखिन् । मौमस सफा थियो । सन् २००० को मेइ १८ सूरु हुनसाथ नेपाली समयअनुसार बिहानै ६ बजे उनी र उनका आरोही साथि शिखरमा पुगे । त्यसपछि उनलाई लुक्लामा सर्वसाधारणहरुले स्वागत गरे र उनी हेलिकोप्टर चढेर आफ्नो आरोहणको खुसी मनाउन मकालू गइन् । आरोहण सफल भएको छोटो समयमै काठमाडौँको ठमेलस्थित एक बारमा उनले भविष्यका श्रीमान् जर्ज डिज्मीरेस्क्यूलाई भेटिन् । डेज्मीरेस्क्यू त्यतिबेला ३९ वर्ष मात्रै थिए । ६ फिट अग्ला डेज्मीरेक्स्यूसँग खुम्बुका शेर्पाहरुसँग कुराकानीमा मस्त थिए । उनले अक्सिजन बिना नै सगरमाथा चढेको कुरा शेर्पाहरु गर्दै थिए । ल्हाक्पालाई अंग्रेजी राम्ररी बोल्न आउँदैन थियो । तर अन्य शेर्पाहरुले मध्यस्थता गरे । त्यसपछि ल्हाक्पा आफ्नी दिदी चेङ बसेको फ्लोरिडास्थित घरमा भ्रमणका लागि गइन् । डेज्मीरेस्क्यूले हार्टफोर्डबाट फोन गरेपछि उनकी दिदीले नै कुराकानी गराइन् । डेज्मीरेस्क्यूले ल्हाक्पार्लाट मिलाइदिए । त्यसपछि सम्बन्ध बढ्दै गयो । सन् २००१ मा डेज्मीरेस्क्यू र ल्हाक्पाले एकसाथ सगरमाथा चढे । सन् २००२ मा उनीहरुले अमेरिकाको हार्टफोर्डकै एक हलमा विवाह गरे । सम्बन्ध विच्छेदको समय डिज्मीरेस्क्यूले ल्हाक्पालाई राम्ररी लेख्न र पढ्न नआउने भएका कारण उनी परिवारमा फिट हुन नसकेको बयान अदालतमा दिएका थिए । तर ग्रेटर हार्टफोर्ड लिगल एड क्लिनिककी रामोना मर्काडोका अनुसार जर्जका बाबु आफैँ क्युवेली मूलका हुन् । उनका बाबुआमा समेत अंग्रेजी राम्ररी बोल्न सक्दैनन् । ल्हाक्पाका अनुसार विहेपछि पहिलो छोरी जन्मदासम्म सम्बन्ध राम्रै थियो । तर बच्चा जन्मिएपछि डिज्मीरेक्स्यूले बारम्बार ल्हाक्पालार्इै कुट्न थाले । यो जोडीले सन् २००३,०४, ०५ र २००६ मा एकसाथ तिब्बती मोहडाबाट सगरमाथा चढ्यो । सन् २००३ मा ल्हाक्पाकी बहिनी मिङ किपाले पनि तिब्बती मोहडाबाट सगरमाथा चढेकी थिइन् । त्यतिबेला उनको उमेर केवल १५ वर्ष थियो । उनी सगरमाथा चढ्ने सबैभन्दा कम उमेरकी आरोही हुन् ।
ल्हाक्पाले चौथोपटक सगरमाथा चढेपछि उनीहरुबीचको विवाद बढ्न थाल्यो । त्यसपछि डिज्मारेस्क्यूले ल्हाक्पा र ल्हाक्पाले डिज्मारेक्स्यूलाई एकअर्काले कुटेको आरोप लगाउन थाले । तर पछिल्लो परिक्षणपछि डिज्मारेस्क्यूले आफ्नी श्रीमतीलाई कुटेको प्रमाणित भयो । डेज्मीरेस्क्यूका भाई तथा अन्य साथिहरुले पनि उनी सगरमाथा चढ्न थालेपछि सन्काहा भएको र पहिलेजस्तो व्यक्ति नरहेको बताए । डेभ वाट्सनले भनेका छन् –‘डेज्मीरेस्क्यू निकै कडा, नबुझ्ने र दयालू हृदय भएका व्यक्ति हुन् ।’ रोमानियका पूर्व सैनिक रहेका डेज्मीरेस्क्यू सन् १९८६ मा २५ वर्षको उमेर कम्यूनिष्ट देश छाडेर भागेका थिए । त्यसपछि उनी अमेरिका आए । त्यसपछि आरोहणका क्रममा सूरु भएको उनको प्रेम प्रसङ र वैवाहिक सम्बन्ध अहिले उनकै स्वभावका कारण भत्किसकेको छ । अहिले ल्हाक्पा अमेरिकामा संघर्ष गर्दै न्यायका लागि लडिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण