बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डले कारवाही गरेका ओली विप्लवको आमसभामा

शुक्रबार, ०७ जेठ २०७३, २० : २७
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौं– तत्कालिन एमाओवादीका पोलिटब्युरो सदस्य हेमन्त प्रकाश ओली विप्लव माओवादीले शुक्रवार खुल्लामञ्चमा आयोजना गरेको आमसभामा देखिएका छन् । एमाओवादीमा रहँदा विवाह नगर्दै छोरी जन्मिएपछि ओलीलाई एमाओवादीले निलम्वन गरेको थियो । प्रचण्डले निलम्बन गरेसँगै बिच्किएका ओली शुक्रवार ‘माओवादी न्युक्लियस’ को नाममा खुल्लामञ्च पुगेका थिए ।

लामो समयपछि धेरै कार्यकर्ता भएको मञ्चमा भाषण गरेका हेमन्त ओलीले भर्खरै प्रचण्डको नेतृत्वमा गठन भएको नेकपा (माओवादी केन्द्र) लाई तथा कथित माओवादी केन्द्रको संज्ञा दिँदै विप्लवको कार्यदिशा सहि भएको दावी गरे । प्रचण्डले काउलीको बिउ रोप्नुपर्ने ठाउँमा कोदो र मुलाको बिउ रोप्नुपर्ने ठाउँमा तोरीको बिउ रोपेको आरोप लगाउँदै काउली रोपेको ठाउँमा कोदो फल्न थालेपछि आफूले विद्रोह गरेर इमान्दार माओवादीहरु संगठित गर्ने काममा लागिपरेको बताए ।

नेकपा माओवादीका महासचिव विप्लवले अधुरो क्रान्ति पुरा गर्ने दावी गरेका ओलीले प्रचण्डले बादल, मणि थापा र मात्रिका यावसँग गरेको एकतालाई ‘सुन्निएको एकता’ को संज्ञा दिँदै त्यस्तो एकता केही दिनमा सडेर जाने बताए । ‘नेकपा माओवादी केन्द्र प्रतिक्रान्तिकारीहरुको एकता हो’ उनले भने, ‘प्रचण्डको पार्टी राजाको जन्मोत्सव मनाउने समिति जस्तै भयो ।’

त्यस्तै वैद्य माओवादीबाट विद्रोह गरेर प्रचण्डसँग एकता गरेका रामबहादुर थापा बादलले विगतमा प्रचण्डलाई लालगद्धार भन्ने गरेको स्मरण गरउँदै उनले थापालई प्रश्न गरे, ‘हिजोका गद्धार आज कसरी क्रान्तिकारी भए ?’

बिहीबारको माओवादी एकताको आलोचनामा कडा रुपले प्रस्तुत भएका ओलीले त्यो एकता दलाल राज्यसत्ता समातेर बस्नेहरुको जमात भएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप