बङ्गालको खाडीको चक्रपातले मौसममा खराबी
शुक्रबार, ०७ जेठ २०७३, २० : ४०
काठमाडौँ–मध्यपश्चिम बङ्गालको खाडीमा चक्रपाद (साइक्लिन) बनेपछि त्यसको असर स्वरुप नेपालको मौसममा खराबी आएको छ ।
बिहीबारदेखि सुरु भएको उक्त चक्रपातबाट उत्पन्न पूर्वी वायु अर्थात् जलवाष्पयुक्त हावा देशको पूर्वी भेगबाट प्रवेश गरेका कारण मौसम बदली हुनाका साथै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए ।
उनका अनुसार चक्रपात (ठूलो खालको बादल घुम्ने प्रणाली) उत्तर पूर्वी दिशातिर सरिरहेको छ । आन्ध्र प्रदेशको तटीय भागको छेउबाट उत्तरपूर्वतिर जाने क्रममा रहेको सो प्रणालीले शनिबार दक्षिण बङ्गालमा बढी असर गर्ने बताइएको छ । नेपालमा भने यसको कम असर पर्नेछ । आज भारतको झारखण्ड, उडिसा लगायत क्षेत्रमा पनि मौसम बद्लीसँगै वर्षात् भएको मौसमविद् अर्यालले बताए ।
“आज नेपालको अधिकांश भेगमा बदलीसँगै वर्षात् भएको छ, शनिबार र आइतबार पनि यसको असर रहने देखिन्छ, खासगरीे पूर्वी भेगमा बढी असर पर्नेछ, सोमबारदेखि मौसममा क्रमिक सुधार आउनेछ,”,अर्यालले भने ।
अहिले प्रिमनसुनको समय भएकाले पनि ससाना प्रणाली विकास भइरहने हुँदा मौसममा केही उतारचढाब आउनु स्वभाविक भएको उनले उल्लेख गरे ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राजधानी सहित देशका अधिकांश भेगमा वर्षात् भएको छ । सबैभन्दा बढी विराटनगरमा ३८.४, धनकुटामा ३८ र सिमरामा १६.७ तथा सबैभन्दा कम पोखरामा १.१ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा आज ९.८ मिलिमिटर वर्षात् भएको छ ।
काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम २७.८ र न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण