बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको नयाँ प्रोजेक्टः लुम्बिनीमा ५ हजार मान्छे अट्ने हल बनाउँछु

शनिबार, ०८ जेठ २०७३, १६ : ४८
शनिबार, ०८ जेठ २०७३

बैशाख – राष्ट्रपति बिद्यादेवी भण्डारीले गौतम बुद्धले प्रतिपादन गरेका शान्ती, अहिंसा र करुणाको सन्देश आजको द्धन्द्ध, हिंसा, गरिबी र अशान्तीले अक्रान्त विश्वका माझमा आजपनि उत्तिकै सान्र्दर्भिक रहेको बताएकी छन् ।

२५६० औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बुद्धको अमर उपदेशको पालना संयुक्त राष्ट्र संघका शान्ती स्थापना सम्बन्धि क्रियाकलापमा प्रतिबिम्बित हुनुको साथै हिंसा पिडित क्षेत्रमा शान्तीको बहाली कार्यमा उत्तिकै प्रासंगिक रहेको बताइन् । काठमाडौमा सम्पन्न भएको अन्र्तरािष्ट्रय बौद्ध सम्मेलनको नारा लुम्बिनी, नेपाल, बुद्धको जन्मस्थान र बुद्ध दर्शनको भूमि सान्र्दभिक रहेको बताईन् । उनले लुम्बिनी गुरुयोजना छिटो भन्दा छिटो पुरा गरि लुम्बिनीको बिकास समबन्धि थप कार्य अगाडी बढाउन पनि सरकारलाई निर्देशित गरिन् ।

ओली नयाँ घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा सभा सम्मेलन गर्ने स्थानको अभाव रहेको कारण सके १ बर्षमै ५ हजार मानिस हट्ने सभाहल निर्माण गर्ने बताए । अंग्रेजी र नेपाली दुवै भाषामा सम्बोधन गरेका ओलीले गुरुयोजना छिटो भन्दा छिटो पुरा गर्ने र अन्य गुरुयोजनाहरु समेत प्रस्तावित गरि सकिएको बताए । लुम्बिनीलाई बुद्ध जन्मस्थलको रुपमा संसार भरिका बौद्धमार्गीहरुको तिर्थस्थलको रुपमा र १ पटक आउनै पर्ने ठाउको रुपमा बिकास गर्न चाहेको बताए । एनेकपा माओवादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले युद्धबाट शान्तीतर्फ आएका सम्राट अशोकबाट प्रभावित भएको बताउदै आफ्नो पार्टी शसस्त्र द्धन्द्धबाट शान्ती प्रक्रियामा आउनु र त्यसको प्रमुख नेता भएको नाताले आफ्नो लागी बुद्धका सन्देश तर्फ जाने कुरा र बुद्धबाट प्रेरणा लिने कुरा बिशेष महत्वको रहेको बताए । २५६० औं बुद्ध जयन्तीको अवसरमा काठमाण्डौंमा सम्पन्न भएको अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनमा प्रस्तुत भएको कार्यपत्रलाई पारीत गर्दै लुम्बिनीबाट ११ बुंदे घोषणा पत्र समेत जारी भएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव वान कि मून, अमेरीकी राष्ट्रपति बाराक ओबामा, बांलादेशी राष्ट्रपति लगायत बिभिन्न मुलुकका राष्ट्रप्रमुखहरुले पठाएको शुभकामना सन्देश उनीहरुका प्रतिनिधिले पढेर सुनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप