जम्बो कमिटीले क्रान्ति नगर्ने प्रचण्डका एडिसी र महरा पुत्रको निष्कर्ष
काठमाडौं–शनिवार लाजिम्पाट स्थित एक घरमा भएको माओवादी युवाहरुको भेलाले नवगठित नेकपा (माओवादी केन्द्र)ले निकै जम्बोे कमिटी बनाएकोमा आपत्ति जनाउँदै त्यस्तो कमिटीले क्रान्ति नगर्ने निष्कर्ष निकालेको छ । प्रचण्डका पुर्व एडिसी तुल्सी डाँगी ‘मिलन’, माओवादी नेता कृष्ण बहादुर महराका पुत्र निर्मल ‘एटम’ र उपराष्ट्रपती पुत्र दिपेश पुन लगायतका युवाहरुको भेलाले यस्तो निष्कर्ष निकालेको हो । भेलाले रामबहादुर थापा ‘बादल’, मणि थापा, मातृका यादव लगायतका नेताहरुसँग गरिएको एकतालाई स्वागत गर्दै ६९९ सदस्यीय केन्द्रिय महाधिवेशन आयोजक समितीको संख्या घटाउन माग गरेको छ । ‘हामीले ६९९ को जम्बो कमिटी घटाएर १९९ सदस्यीय बनाउनका लागी नेकपा माओवादी केन्द्रलाई दवाव दिने भएका छौं’ भेलामा सहभागी मनोज घर्तिमगरले भने, ‘भद्धा कमिटीले क्रान्ति गर्दैन बरु थप समस्या सिर्जना हुन्छ, त्यसैले घटाउन प्रस्ताव गरेका छौं ।’ युवा भेलामा धेरैजसो पुर्व पिएलए, विद्यार्थि तथा विभीन्न जिल्लाबाट आएका जिल्ला समितीका सदस्यह सहित करिब तिन दर्जन युवा सहभागी रहेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण