काठमाडौंबाट खाली हात फर्कनु परे मधेसमा कडा आन्दोलन गर्ने महतोको चेतावनी
काठमाडौँ - सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै फर्कने बताएका छन् ।
थापागाउँस्थित पार्टी कार्यालयमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौँ केन्द्रित मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।
‘हामी त्यसै कर्मकाण्डी आन्दोलनका लागि काठमाडौँ आएका हैनौं, अधिकार प्राप्तिका निम्ति आएका हौं । आन्दोलनलाई निर्णायक बनाइ अधिकार लिएरमात्रै फर्कन्छौँ’– उनले भने ।
अध्यक्ष महतोले काठमाडौँबाट खाली हात फर्कनु परे आफ्नै ठाउँ मधेसमा गएर आन्दोलनलाई झनै कठोर बनाउने र त्यो आन्दोलन नियन्त्रणबाहिर हुने दाबी गरे।
अहिले पनि सरकारले गम्भीरता देखाए आफूहरुले वार्ताबाटै समस्याको समाधान चाहेको उल्लेख गर्दै उनले थपे– ‘सरकारले वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा, पीडितलाई क्षतिपूर्ति र मुद्दा फिर्ता गर्नुपर्छ ।’
यसैबीच, सङ्घीय समाजवादी फोरम नेपाल आबद्ध मधेसी ट्रेड युनियन महासङ्घले औपचारिक रुपमा सद्भावना पार्टीमा आबद्ध भएको घोषणा गरेको छ ।
समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत रहनुभएका महासङ्घका अध्यक्ष पल्टन ठाकुरसहितका पदाधिकारीसहित सदस्यहरु सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।
अध्यक्ष ठाकुर, केन्द्रीय विभाग सदस्य अशोककुमार यादव, रोजगारी तथा श्रम विभाग सदस्य मधुमाया यादव, महिला फोरम सचिव डा रिना यादव, विनोद विश्वकर्मा, सुरेश गुप्तासहितलाई सद्भावना अध्यक्ष राजेन्द्र महतोले टीका लगाएर पार्टी सदस्यता प्रदान गरे।
महासङ्घ अध्यक्ष ठाकुरले फोरम समाजवादीले आफ्ना मागको सुनुवाइ नगरेको, एकीकरणको बहानामा आफ्नो दलको नामबाटै मधेसी शब्द उन्मूलन गरी मजदुरलाई मर्माहत तुल्याएकाले पार्टी आबद्धता अन्त्य गरी सद्भावना पार्टीको सुभेच्छुक संस्थाका रुपमा आबद्ध भएको विज्ञप्तिमार्फत घोषणा गरे ।
महासङ्घमा १५ वटा राष्ट्रिय सङ्घ रहेका र जम्मा एक लाख ६५ हजार सदस्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण