सोमालियाको झल्को दिने नेपालकै करुण तस्बीर
माथिको तस्बीर हेर्नुहोस् ।एक बालकलाई उनकी आमाले लिइरहेकी छन् । उनको तस्बीर हेर्दा जो कोहिलाई स्तब्ध तुल्याउँछ ।
बालकको टाउको ठूलो छ । ठूला मान्छेका औँला जत्रा मात्र हात र खुट्टा छन् । यस अवधिमा बच्चाको तौल करिब पाँच वा छ केजीसम्मको हुनुपर्ने हुन्छ । तर उनको तौल दुई किलोग्राम ५०० ग्राम मात्र छ । बालक धादिङको जोगीमारा–७, धुसराङकी ४० वर्षीया विष्णुमाया चेपाङका छोरा हुन् । पाँच महिना जन्मिएका उनी कुपोषणको सिकार भएका हुन् । हुन पनि चेपाङको अवस्था निकै दयनीय रहेको छ । एकसरो लगाउने लुगा छैन । खानेकुरा सकिएको छ । ज्याला गरेर मात्र उनीहरुको परिवार पालिएको अवस्था छ । आमाले खान पाए पो दूध आउँछ र शिशुले दूध खान पाएर बढ्छ । तर उसले आफ्नो दूध चुस्न नपाएकै कारण यस्तो अवस्था भएको चेपाङले बताइन् ।
नौ शिशु जन्माएकी विष्णुमायाका हाल पाँच शिशु मात्र जीवित छन । सबै शिशु कुपोषणले ग्रस्त छन् । लगाउने एक धरो कपडा समेत छैन । हिँड्न सक्ने शिशु गाउँमा माग्न जान्छन् र अलि ठूला भएका कतै सानोतिनो ज्याला गर्न जान्छन् । ज्याला नपाएको दिन परिवार भोकै समेत पर्ने गरेको अनुभव विष्णुमायासँग छ ।
कुपोषणको सिकार भएका बालकको जिल्ला अस्पतालमा उपचार हुँदैछ अहिले । पोषणसम्बन्धी काम गर्ने संस्था एसडिपिसीको सहयोगमा उनको उपचार भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण