बेलायतका नदीहरुमा रगत चुस्ने माछाको बिगबिगी
बेलायत–बेलायतका पोखरीहरुमा रगत चुस्ने माछाको संख्या बढ्दै गएपछि खुला पोखरी तथा नदीहरुमा पौडी खेल्नेहरु खतरामा परेका छन् । लाम्प्रेज नाम माछाहरुको संख्या बेलायतका नदीहरुमा बढ्दो छ । त्यसकारण अहिले पौडी खेल्नेहरु ३ देखि ४ फिट लामो माछासँग त्रसित छन् । यस माछाले मानिसलाई आक्रमण गर्ने गर्छ । यस माछाको आहार अन्य माछा समेत हुन् ।
यस माछाले टोकेर रगत चुस्ने भएका कारण बेलायतका पौडी सम्बन्धी वेभसाइटहरुमा यस्ता माछाबाट सावधान रहन सूचना जारी गरिएको छ । वेभसाइटमा लेखिएको छ –‘प्राचिन, नराम्रो प्राणी लामप्रेज बेलायतका नदिहरुमा फर्किएको छ ।’
वाइल्ड स्विमर माट क्लार्कले ग्रेट ओयुजमा पौड्दैँ आएका थिए । ओलने बुकिंग ह्याम्सहायरबाट बग्ने यो नदीमा पौडी खेल्दै आएका क्लार्कले इटिभीमा प्रस्तुत भएको वृत्तचित्र हेरेपछि सावधान भएको बताएका छन् । ३१ वर्षका मिल्टन किनेसलाई केही समयअघि लाम्प्रेजले आक्रमण गरेको थियो । उनको घाँटीमा टाँसिएर लाम्प्रेजले रगत चुस्यो ।
बेलायतमा लाम्प्रेज संरक्षण गरिएको प्रजाती हो । सन् ११३५ मा बेलायतका राजा हेनरी फस्टको निधन लाम्प्रेजकै मासू खाएका कारण भएको मानिन्छ । फुड प्वाईजनका कारण उनको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण