अभिनेत्री प्रियंका कार्कीले लस एन्जेलसमा प्रस्तुति दिंदै
आइतबार, ३० जेठ २०७३, ०८ : ०५
वाशिंगटन डिसी -नेपाली चलचित्रकि अभिनेत्री प्रियंका कार्की अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात शहर लास एन्जेलसमा आउने भएकी छिन् l नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने निधो भएको जानकारी सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् l
नेपलीज अमेरिकन सम्मेलनको लागि नायिका प्रियंका कार्की जुन महिनाको अन्त्यमा आउने भएकी छिन् l प्रियंकाले उक्त सम्मेलनमा तीन दिनै कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् l
कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने छिन् l यसको अतिरिक्त उन्ले भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने छिन् l
फेशन सो (भेषभूषा )प्रदर्शनमा अन्तिम चरणमा पुग्ने सहभागीहरुमा अनुषा कार्की ,रिमा कटवाल ,सब्बु घले ,लक्ष्मी ढकाल, निशा शिवाकोटी ,आरती महर्जन ,रुबी अधिकारी ,रविना बस्नेत तथा सम्पदा रिजाल रहेका छन् l
उक्त फेसन प्रदर्शन जुलाई ३ तारिखमा हुने भएको छ भने उक्त सहभागीहरुलाई छनौट गर्ने निर्णायकहरुमा गायिका नलिना चित्रकार ,भेषभुषा रुपकार(फेसन डि जाइनर ) बिना घले तथा विश्व गौतम रहेका थिए l
नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन ,बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण