विप्लव नेतृत्वको माओवादीले गुल्मीको एनसेल टावर जलायो
आइतबार, ३० जेठ २०७३, १० : ५९
गुल्मी - शनिवार साँझ गुल्मीको रेसुङ्गा डाँडामा रहेको एनसेल मोवाईले सेवाको टावर नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा माओवादी कार्यकर्ताहरुले जलाएर ध्वस्त पारी दिएका छन् ।
पाँच जनाको समुहमा गएका नेकपा माओवादीका कार्यकर्ताहरुले त्यहाँ रहेका टावर हेरालु तम्घासका ज्ञानेन्द्र पाण्डेलाई नियन्णमा लिएर उनिहरुले साँझ करिव साढे ८ वजेतिर टावरमा आक्रमण गरेको त्यसका प्राविधिक अजनिश कुँवरले बताए ।
घटना स्थलमा नेपाल कम्युनिष्ट पार्टी माओवादी लेखिएको पर्चा फेला परेको काम जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले जानकारी दिए । उनले आक्रमणकारीको पहिचान र खोजी भइरहेको डिएसपी नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण