शिक्षक दंगालको घरबाट २० हजारसहित चारथान मोबाइल चोरी
काठमाडौं– कागेश्वरी–मनहरा नगरपालिका–१० मूलपानी हाइटनिवासी शिक्षक गुरुप्रसाद दंगालको घरमा चोरी भएको छ । सोमवार बिहान तीन बजे पाँचजनाको समूहमा आएका चोरले शिक्षक दंगालको घरको मेनगेट तोडी करिब २० हजार रुपैयाँ र चार थान मोबाइल सेट चोरेको पार्वती दंगालले बताइन् । ‘चोरले दराज फोडेर पैसा लग्यो । सुन दराजमै भए पनि देखेनन्,’ दंगालले भनिन्, ‘हामी मूकदर्शक बनेर बस्नुको विकल्प थिएन ।’ सामान्य घाइते भएकी उनको खुट्टामा चोट लागेको छ । श्रीमती दंगालका अनुसार, १७ वर्षीय छोरा निशान दंगाललाई चोरले कुटपिटसमेत गरेको थियो । जोरपाटीको नारायणटारमा रहेको शंकरापुर अस्पतालमा उपचार गराइरहको निशानको गालामा १६ टाँका र खुट्टामा आठ टाँका लगाइएको छ । यसैगरी, चोरले प्रहार गरेको रडले लागी गुरुप्रसाद दंगालको कानमा चोट लागेको छ । नवीन ग्राम प्रावि नाङ्लेभारे काठमाडौंमा अध्यापनरत दंगालको घर प्रवेश गरेका चोरले हल्ला गरे ज्यान मार्ने धम्की दिँदै लुटपाट गर्दासमेत छिमेकीले सुइँकोसम्म पाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण